हिरो एक्स्ट्रिम १२५ र १६० फोर भी नेपाली बजारमा सार्वजनिक, यस्तो छ मूल्य

काठमाडौं । नेपाली बजारमा हिरोका दुई नयाँ मोटरसाइकल सार्वजनिक भएको छ । हिरो मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटर्सले बिहीबार एक कार्यक्रम गर्दै एक्स्ट्रिम सिरिजका दुई नयाँ मोटरसाइकल सार्वजनिक गरेको हो ।
कम्पनीले एक्स्ट्रिम सिरिजको १२५ आर र १६० फोर भी सार्वजनिक गरेको हो ।
एक्स्ट्रीम १६० आर फोरभीको मूल्य ३ लाख ८४ हजार ९०० रुपैयाँ तोकेर बिक्री सुरु भएको छ । यसअघि बिक्री हुँदै आएको टुभीको मूल्य ३ लाख ६४ हजार ९०० रुपैयाँ थियो । नयाँ डिलर नियुक्त भएको सिजी मोटर्सले फोर भल्भ इन्जिनमा ल्याएर २० हजार बढी मूल्य राखेको हो ।
हिरोले एक्स्ट्रीम १६० आर फोभीमा १६३.२ सीसी क्षमताको सिंगल सिलिन्डर, फोर भल्भ, हेड र आयल कुल्ड इन्जिन दिइएको छ । यसको अधिकतम पावर ८५०० आरपीएममा १६.९ पीएस छ ।
यसको पावरमा बढोत्तरीसँगै एक्सलरेसन पनि राम्रो भएको कम्पनीको दावी छ । कम्पनीका अनुसार सेग्मेन्टमै सबैभन्दा छिटो ४.४ सेकेन्डमै ०–६० किलोमिटर प्रतिघण्टाको स्पीड यसले भेट्टाउने छ ।
त्यस्तै हिरो एक्स्ट्रिम १२५ को दुई भेरियन्ट सीबीएस र एबीएस भर्सनमा सार्वजनिक गरेको छ । सीबीएस भर्सनको मूल्य २ लाख ८९ हजार ९०० रुपैयाँ र एबीएस भर्सनको मूल्य ३ लाख ११ हजार ९०० रुपैयाँ तोकेर बिक्री सुरु गरेको हो ।
एक्स्ट्रीम १२५ आरमा १२५ सीसी क्षमताको सिंगल सिलिन्डर, एयर कुल्ड, स्प्रिन्ट ईबीटी इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम ८ हजार २५० आरपीएममा ११।५० ब्रेकहर्स पावर जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स दिइएको छ ।
यसमा डाइमन्ड फ्रेम, डीआरएल, स्प्लीट सीट, स्प्लीट ग्रयाबरेल, फ्रन्टमा टेलिस्कोपिक फर्क र रियरमा शोवा प्रिलोड एड्जस्टेबल मोनोशक दिइएको छ ।
ब्रेकिङका लागि नयाँ एक्स्ट्रीम १२५ आरमा भेरियन्ट अनुसार अगाडि डिस्क ब्रेक, पछाडि ड्रम ब्रेक उपलब्ध छ । कम्पनीले सीबीएस र सिंगल च्यानल एबीएस यो मोटरसाइकलमा उपलब्ध गराएको छ ।
यो मोटरसाइकलले १२५ सीसी सेग्मेन्टमा टीभीएस रेडर १२५ र पल्सर १२५ सँग सिधा प्रतिस्पर्धा गर्नेछ ।















विश्वकपमा इरानको समर्थन गर्दा केइसुके होन्डाले अमेरिकी विज्ञापन सम्झौता गुमाए
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
अष्ट्रेलियामा शरण मागेकी इरानी महिला फुटबल टोलीकी कप्तानले निवेदन फिर्ता लिइन्
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
मौसममा पश्चिमी प्रणालीको प्रभाव: केही स्थानमा वर्षा र हिमपातको सम्भावना
प्रचण्ड र रविबीच कुराकानी
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया