हिरो एक्स्ट्रिम १२५ र १६० फोर भी नेपाली बजारमा सार्वजनिक, यस्तो छ मूल्य

काठमाडौं । नेपाली बजारमा हिरोका दुई नयाँ मोटरसाइकल सार्वजनिक भएको छ । हिरो मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटर्सले बिहीबार एक कार्यक्रम गर्दै एक्स्ट्रिम सिरिजका दुई नयाँ मोटरसाइकल सार्वजनिक गरेको हो ।
कम्पनीले एक्स्ट्रिम सिरिजको १२५ आर र १६० फोर भी सार्वजनिक गरेको हो ।
एक्स्ट्रीम १६० आर फोरभीको मूल्य ३ लाख ८४ हजार ९०० रुपैयाँ तोकेर बिक्री सुरु भएको छ । यसअघि बिक्री हुँदै आएको टुभीको मूल्य ३ लाख ६४ हजार ९०० रुपैयाँ थियो । नयाँ डिलर नियुक्त भएको सिजी मोटर्सले फोर भल्भ इन्जिनमा ल्याएर २० हजार बढी मूल्य राखेको हो ।
हिरोले एक्स्ट्रीम १६० आर फोभीमा १६३.२ सीसी क्षमताको सिंगल सिलिन्डर, फोर भल्भ, हेड र आयल कुल्ड इन्जिन दिइएको छ । यसको अधिकतम पावर ८५०० आरपीएममा १६.९ पीएस छ ।
यसको पावरमा बढोत्तरीसँगै एक्सलरेसन पनि राम्रो भएको कम्पनीको दावी छ । कम्पनीका अनुसार सेग्मेन्टमै सबैभन्दा छिटो ४.४ सेकेन्डमै ०–६० किलोमिटर प्रतिघण्टाको स्पीड यसले भेट्टाउने छ ।
त्यस्तै हिरो एक्स्ट्रिम १२५ को दुई भेरियन्ट सीबीएस र एबीएस भर्सनमा सार्वजनिक गरेको छ । सीबीएस भर्सनको मूल्य २ लाख ८९ हजार ९०० रुपैयाँ र एबीएस भर्सनको मूल्य ३ लाख ११ हजार ९०० रुपैयाँ तोकेर बिक्री सुरु गरेको हो ।
एक्स्ट्रीम १२५ आरमा १२५ सीसी क्षमताको सिंगल सिलिन्डर, एयर कुल्ड, स्प्रिन्ट ईबीटी इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम ८ हजार २५० आरपीएममा ११।५० ब्रेकहर्स पावर जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स दिइएको छ ।
यसमा डाइमन्ड फ्रेम, डीआरएल, स्प्लीट सीट, स्प्लीट ग्रयाबरेल, फ्रन्टमा टेलिस्कोपिक फर्क र रियरमा शोवा प्रिलोड एड्जस्टेबल मोनोशक दिइएको छ ।
ब्रेकिङका लागि नयाँ एक्स्ट्रीम १२५ आरमा भेरियन्ट अनुसार अगाडि डिस्क ब्रेक, पछाडि ड्रम ब्रेक उपलब्ध छ । कम्पनीले सीबीएस र सिंगल च्यानल एबीएस यो मोटरसाइकलमा उपलब्ध गराएको छ ।
यो मोटरसाइकलले १२५ सीसी सेग्मेन्टमा टीभीएस रेडर १२५ र पल्सर १२५ सँग सिधा प्रतिस्पर्धा गर्नेछ ।










मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छ : मन्त्री श्रेष्ठ
Election: 76 days to go: Legal amendment to ensure population-based inclusive representation
रवि लामिछानेलाई रिहा गर्ने निर्णय स्वागतयोग्य छ : बाबुराम भट्टराई
शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया