बीवाईडी एम६ को बुकिङ खुला

काठमाडौँ । बीवाईडी अटो इन्डष्ट्री कम्पनीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले नेपालमा बीवाईडी एम६ को बुकिङ खुला गरेको छ । नेपालकै पहिलो प्रिमियम ७ सिटर इलेक्ट्रिक एमपीभीको रूपमा यो पारिवारिक र व्यापारिक दुवै प्रयोजनका लागि उपयुक्त हुनेछ ।
बीवाईडी एम६ को प्रारम्भिक मूल्य ६० लाख १५ हजार रुपैयाँ हुनेछ । हाल गाडी बुकिङ गर्ने ग्राहकलाई सीमित समयका लागि १ लाख ५० हजार रुपैयाँ नगद छुट समेत उपलब्ध हुनेछ । बीवाईडी एम६ एउटा क्रान्तिकारी एमपीभी (मल्टी युटिलिटी भेहिकल) हो ।
बीवाईडी एम६ मा भएका मुख्य विशेषता यस प्रकार छन् :
– अतुलनीय कम्फर्ट र स्पेस – यसमा भएका ७ प्रिमियम सिट, प्यानोरामिक ग्लास रुफ र ५८० लिटर सम्मको फ्लेक्जिबल लगेज क्यापासिटीको स्टोरेज छ।
–पावरफुल परफर्मेन्स – यसमा भएको १०० किलोवाट हाई–पर्फमेन्स इलेक्ट्रिक मोटर र ४४० किलोमिटर (डब्लुएलटीसी) सम्मको रेन्जका छ ।
–फास्ट चार्जिङ – बीवाईडी एम६ ले ११५ किलोवाटको फास्ट चार्जिङ सपोर्ट गर्छ । यसबाट ३७.४ मिनेटमै फुल चार्ज गर्न सकिन्छ ।
–एड्भान्स्ड सेफ्टी – एम६ मा भएका ६ एयरब्याग, एडेप्टिभ क्रुज कन्ट्रोल, लेन किपिङ असिस्ट र पार्किङ सेन्सर लगायतका एड्भान्स्ड सेफ्टी फिचर छ ।
–टेक–फरवार्ड डिजाइन – यो गाडीमा रहेका १२.८ इन्चको रोटेटेबल इन्फोटेनमेन्ट डिस्प्ले, वायरलेस फोन चार्जिङ र बीवाईडीको लेभल २ एडास टेक्नोलोजी लगायतका नयाँ स्तरीय प्रविधि उपलब्ध ।















विश्वकपमा इरानको समर्थन गर्दा केइसुके होन्डाले अमेरिकी विज्ञापन सम्झौता गुमाए
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
अष्ट्रेलियामा शरण मागेकी इरानी महिला फुटबल टोलीकी कप्तानले निवेदन फिर्ता लिइन्
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
मौसममा पश्चिमी प्रणालीको प्रभाव: केही स्थानमा वर्षा र हिमपातको सम्भावना
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
प्रतिक्रिया