नेपाल चिकित्सक सङ्घको चौथो राष्ट्रिय स्वास्थ्य सम्मेलन आजदेखि सुरु

काठमाडौँ । नेपाल चिकित्सक सङ्घको चौथो राष्ट्रिय स्वास्थ्य सम्मेलन आजदेखि सुरु भएको छ । सम्मेलन आज र भोलि चल्नेछ ।
सम्मेलनमा सङ्घका अध्यक्ष डा अनिलविक्रम कार्कीले स्वास्थ्यका प्राथमिकता, बजेट, सरकारले ध्यान नदिएका यथेष्ट विषयहरुमा छलफल हुने बताए । उनले भने, “सरकारले यी विषयमा जति गर्नुपर्ने हो त्यो गर्न सकेको छैन । निजी र गैरसरकारी क्षेत्रले गरेको स्वास्थ्यको लगानीमा अझै सरकार गम्भीर बन्न सकेको छैन । तेस्रो सम्मेलनका प्राथमिकता केही पूरा भएका छन् र अरु थप गर्नुपर्नेछ ।”
सङ्घका महासचिव डा सञ्जिव तिवारीले सम्मेलनमा विषयविज्ञ, प्रबुद्धवर्ग, नेतृत्वकर्ता तथा सरोकारवालाहरुको प्रत्यक्ष सहभागितामा नीतिगत विचार विमर्शमार्फत सैद्धान्तिक बहस हुने जानकारी गराए।
‘हेल्थ बियोन्ड हेल्थ’ नामक मुख्य सन्देश सहित सुरु भएको सम्मेलनको पूरक सन्देश स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, अन्य मन्त्रालयलगायत विभिन्न सरोकारवाला सरकारी तथा गैरसरकारी निकायहरुसँग छलफल गरी दिगो विकास लक्ष्यतर्फ अग्रसर हुन एकीकृत रणनीति बनाउने रहेको डा तिवारीले बताए ।
सम्मेलनमा प्रस्तुत कार्यपत्र, छलफल र निचोडलाई एकीकृत गरी अघिल्लो वर्ष झैँ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलगायत देशभरका सरोकारवाला निकायमा सुझाव सम्प्रेषण गरिने आयोजकले जनाएको छ ।










गैरमुस्लिम विदेशीका लागि साउदी अरबमा रहेकाे एकमात्रै मदिरा पसलमा ग्राहककाे भिड
बालुवाटारमा प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछाने भेटवार्ता जारी
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
निर्वाचनको तयारीबारे भोलि प्रधानमन्त्रीसहितको सर्वपक्षीय छलफल
गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
प्रतिक्रिया