पार्टी अध्यक्ष दम्भको वायुपङ्खी घोडामा चढे : वरिष्ठ नेता नेपाल

जनकपुर । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा एकताको सम्भावना क्षीण हुँदै गएको बताएका छन् । पार्टीको धनुषा जिल्ला कार्य समितिद्वारा आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टी अध्यक्ष दम्भको वायुपङ्खी घोडामा चढ्नुभएको कारण एकता क्षीण हुँदै गएको स्पष्ट परेका छन् ।
पार्टी गम्भीर सङ्कटको चरणबाट गुर्जी रहेको भन्दै उनले सङ्कटको सिर्जनकार पार्टी अध्यक्ष भएको आरोप लगाए । उनले आफूसँगको कुराकानीमा आफू समाधानको बाटो अपनाउन आग्रह गरेकामो पार्टी अध्यक्षले पार्टी एकता सुन्ने नचाहेकाले पार्टी, लोकतन्त्र, संविधान, सङ्घीयता, विधि र प्रक्रिया धरापमा परेको धारणा राखे ।
वरिष्ठ नेता नेपालले पार्टी अध्यक्षले आफूलाई कारवाही गरेकोबारे विचार गर्न सकिने छ भनी जाली कुरा मात्र गरेको भन्दै २७ जना प्रतिनिधिसभा सदस्यसँग माग गरिएको स्पष्टीकरण औचित्यहीन रहेको उनले बताए । प्रावधानअनुसार पार्टी अध्यक्षलाई २७ संसद्को पद खोस्ने कुनै आधार नरहेको स्पष्ट गर्दे उनले आफूहरूको मूल घर नेकपा एमाले नै हो, पार्टी अध्यक्षको दम्भ धरहराभन्दा माथि चढिसकेका कारण अध्यक्षले सुधार गर्नु पर्ने बताए ।
उनले पार्टी अध्यक्ष आफूलाई सर्वज्ञानी ठान्ने गरेका कारण सबैतिर त्राहिमामको अवस्था उत्पन्न भई पाटीको गतिविधि कागजमा सीमित हुन पुगेको प्रसङ्ग उल्लेख गरे । रासस
















रास्वपाद्वारा बैतडी बस दुर्घटनाप्रति दुःख व्यक्त
झुटा सूचनाले समाजलाई गम्भीर समस्याः उपाध्यक्ष पौडेल
अरनिको राजमार्गः धुलिखेल–खावा सडकखण्ड विस्तारकार्य तीव्र
अध्यक्ष ओलीद्वारा बैतडीमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त
बैतडी बस दुर्घटनाका घाइतेको उपचार प्रबन्ध मिलाउन सरकारलाई गगन थापाकाे आग्रह
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
काठमाडौंका सुकुम्बासीलाई बाढीबाट जोगाउन डोजर लगाएको हुँ : बालेन
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
प्रतिक्रिया