शुक्रबार, चैत ६, २०८२

पत्रकार महासंघ संखुवासभाको अध्यक्षमा शाक्य निर्वाचित

मेरोन्यूज २०८१ मंसिर २९ गते १०:२२

सङ्खुवासभा । नेपाल पत्रकार महासंघ संखुवासभा शाखाको अध्यक्षमा कृष्णराज शाक्य निर्वाचित भएका छन्। नयाँ कार्यसमितिका लागि शुक्रबार भएको निर्वाचनमा प्रतिस्पर्धी दिपेन्द्र शाक्यलाई पराजित गर्दै कृष्णराज अध्यक्ष निर्वाचित भएका हुन्। शाक्य यसअघि उपाध्यक्ष थिए। 

Advertisement
nepal life insurencenepal life insurence

यसैगरी, उपाध्यक्षमा कोषाध्यक्षमा मेघराज तामाङ, सहसचिव खुल्ला दुर्गामणि पौडेल, समावेशी सहसचिव सुजन बज्राचार्य र कोषाध्यक्षमा अनिष विष्ट निर्विरोध निर्वाचित भएका छन् । सदस्यमा सुरेन शाक्य, खेवाहाङ मेवाहाङ, दुर्गाबहादुर कटुवाल र जनक चापागाईँ निर्वाचित भएका छन्। 

प्रदेश परिषद् सदस्यमा गंगा विष्ट,समिक्षा मगर,माधव सुवेदी र ध्यान बहादुर राई निर्विरोध निर्वाचित भएका छन्। यस्तै, केन्द्रीय परिषद् सदस्यमा मोहन कुमार राई निर्विरोध निर्वाचित भएका छन् । केन्द्रीय परिषद् सदस्य महिला भन्ने खाली परेको निर्वाचन अधिकृत पदम अधिकारीले जानकारी दिए। 

प्रतिक्रिया