पत्रकार महासङ्घ ताप्लेजुङको अध्यक्षमा आचार्य

ताप्लेजुङ । नेपाल पत्रकार महासंघ ताप्लेजुङ शाखाको आठौँ जिल्ला अधिवेशनले सुवास आर्चायको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
शुक्रबार सम्पन्न अधिवेशनले आर्चायलाई सर्वसम्मत अध्यक्ष पदमा चयन गरिएको निर्वाचन समितिका संयोजक धर्मप्रसाद पौडेलले जानकारी दिए ।
यस्तै उपाध्यक्षमा सन्तोष पुर्कुटी र महिला उपाध्यक्षमा संगीता कार्की चयन भएकी छन् । सचिवमा कृष्ण फुरुम्बो लिम्बू, सहसचिवमा साहारा लंवा लिम्बू र मनमाया लिम्बू (मनु) तथा कोषाध्यक्षमा मदन गौतम निर्वाचित भएको संयोजक पौडेलले बताए ।
कार्यसमितिको सदस्यहरूमा सुनिता रसाइली, किरण विक, तरुण भारती, रञ्जना गुरुङ, दिलकुमार फेम्बो, तेन्जिङ शेर्पा, टीकामाया यक्सो र एलिना दियाली रहेका छन् ।
यसैगरी प्रदेश परिषद् सदस्यमा दिनेश लिङखिम, सुर्यकुमार लिम्बू (आलोक) र केन्द्रीय परिषद् सदस्यमा राजेन्द्र श्रेष्ठ र चन्द्रबहादुर पन्दाक (प्रयास) निर्वाचित भएका हुन् ।
प्रतिनिधिबीच सहमतिका आधारमा नयाँ नेतृत्व चयन गरिइएको हो ।
















अमेरिकी प्रतिनिधिमण्डल नपुग्दै इरानी विदेशमन्त्री पाकिस्तानबाट फिर्ता
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
प्रतिक्रिया