पत्रकार महासङ्घ चितवन शाखाको अध्यक्षमा पराजुली

चितवन । नेपाल पत्रकार महासङ्घ चितवन शाखाको अध्यक्षमा वसन्तराज पराजुली निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनको निर्वाचन समितिद्वारा आज सार्वजनिक गरिएको मत परिणामअनुसार पराजुलीले एक सय ३२ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी प्रकाशमणी ज्ञवालीले ९० मत प्राप्त गरे ।
उपाध्यक्षमा दीपेन्द्र अधिकारी, महिला उपाध्यक्षमा शान्ता अधिकारी र सचिवमा राजेश घिमिरे निर्विरोध निर्वाचित भए ।शाखाको सह–सचिवमा खुलातर्फ रविना पौडेल र समावेशीतर्फ राजु चौधरी निर्वाचित हुनुभएको छ भने कोषाध्यक्षमा कृष्ण आचार्य निर्वाचित भए ।
त्यसैगरी सदस्य (आदिवासी जनजाति) मा सुनिलकुमार श्रेष्ठ र (दलित) मा सरोज उपरकोटी पनि निर्विरोध निर्वाचित भएका छन् । सदस्य (महिला) मा अस्मिता पराजुली निर्वाचित भइन् ।
शाखाको खुला सदस्यमा कुलप्रसाद काफ्ले, केशव भट्टराई, राजु सापकोटा, बद्रीप्रसाद अर्याल, रोहिणी त्रिपाठी, सनद अधिकारी, सुदन पौडेल, सुरेन्द्र पौडेल, सुशील पन्त र हेमराज रिमाल निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ । त्यसैगरी शाखाबाट प्रदेश परिषद् १७ जना सदस्यमा खुलातर्फ अर्जुन अधिकारी, किशोरचन्द्र सापकोटा, कृष्णप्रसाद खनाल, दीपक पोखरेल, बिचित्र पौडेल, रमेश पौडेल, लक्ष्मण गौतम, सूर्यप्रसाद अधिकारी र होमनाथ न्यौपाने निर्विरोध निर्वाचित भएका छन् ।
समावेशी सदस्यतर्फ अनिता अर्याल, अमिर रामदाम, गिता दराई घिमिरे, निरुता विक, पूजा ढकाल, प्रतीमा तामाङ, राजनदिल गुरुङ, र सिन्धु ढकाल निर्विरोध निर्वाचित भएको शाखाका सल्लाहकार तिलकराम रिमालले जानकारी दिए ।
शाखाबाट केन्द्रीय परिषद् छ जना सदस्यमा खुलातर्फ तिलकराम रिमाल, अनिल ढकाल र शालिकराम नेपाल निर्वाचित भएका छन् भने समावेशी सदस्यमा ईश्वर जोशी, प्रमीता ढकाल र प्रतीमा सिलवाल निर्विरोध निर्वाचित भए । कूल दुई सय ५५ जना सदस्य रहेको शाखाको निर्वाचनमा दुई सय २३ मत खसेको थियो ।










रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
गैरमुस्लिम विदेशीका लागि साउदी अरबमा रहेकाे एकमात्रै मदिरा पसलमा ग्राहककाे भिड
बालुवाटारमा प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछाने भेटवार्ता जारी
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
निर्वाचनको तयारीबारे भोलि प्रधानमन्त्रीसहितको सर्वपक्षीय छलफल
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया