प्रचण्ड र नेपालको स्वार्थका कारण पार्टी विभाजन भयो : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड र माधव नेपालको महत्वाकांक्षा र स्वार्थका कारण पार्टी विभाजन भएको बताएका छन् ।
एमालेको बालुवाटारमा जारी महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले प्रचण्ड र माधव नेपालका कारण पाटी विभाजन भएको आरोप लगाएका हुन् । बैठकमा बोल्दै ओलीले पार्टी एकताबद्ध बनाउन आफू अहोरात्र खटिरहेको बताउँदै माधव नेपालहरूले कुनै पहल नगरेको बताए ।
माधव नेपाल, योगेश भट्टराई लगायतका नेताहरुसँग भेटघाट भयोको बताउदै ओलीले साथीहरुको पार्टी एकताबद्ध बनाउन कुनै पहल, महसूस र अनुभूति नदेखिएको बताए । उनले ‘ह जिम्मेवार र अनुशासित भएर पार्टी एकता कायम गर्न प्रयास गर्ने बताए । पार्टी विभाजित नभएपनि सम्बन्ध शत्रुतापूर्ण बनिसकेको ओलीले बताए ।
उनले आफूलाई साधरण सदस्यबाट समेत निष्काशन गरेर सम्बन्धलाई शत्रुतापूर्ण बनाइएको बताए । ओलीले अझै पनि आफू लचिलो हुन तयार रहेको बताए ।
















Two arrested for cheating people of Rs 1.75 million
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक राष्ट्रियसभाबाट पारित
NC President Thapa calls for addressing public discontent and anger through reform
आजदेखि चलचित्र ‘रमिताको पिरती’ र ‘कुमारी’ प्रदर्शनमा
समानुपातिक बन्दसूचीः युवामा महिला र पुरुषमा प्रौढ उम्मेदवार बढी
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
साफ यु–२० च्याम्पियनसिपको खेल तालिका सार्वजनिक
प्रतिक्रिया