आज देशभरको मौसम सफा रहने
मेरोन्यूज
२०८१ मंसिर ३० गते ६:२९

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा देशभर आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै तराईका केही स्थानमा हुस्सु लागेको छ । विभागका अनुसार आज दिउँसो र राति मुख्यतया मौसम सफा रहने छ ।
सोबार बिहान तराई तथा उपत्यका धेरै स्थानमा हुस्सुको सम्भावना रहेकाले दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयनमा क्षणिक असर पर्नसक्ने हुनाले सतर्कता अपनाउन विभागले सम्बद्ध सबैमा अनुरोध गरेको छ । यसैबीच, काठमाडौँ उपत्यकामा शनिबार बिहानको तुलनामा आज चिसो केही घटेको छ ।
हिजो यहाँको तामक्रम दुई डिग्री सेल्सियस मापन गरिएकामा आज बिहान त्यो चार दशमलव पाँच डिग्री पुगेको छ । आज उपत्यकाको अधिकतम तापक्रम १६देखि १८ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ । आज यहाँ सूर्योदय ६ः४७ तथा सूर्यास्त ५ः११ मा हुनेछ ।
सम्बन्धित














पश्चिमी वायुको आंशिक प्रभाव: कस्तो रहला आजको मौसम ?
आज २०८२ साल माघ ६ गते मंगलबारको राशिफल
बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
अमेरिकन डलरको मूल्य बढ्यो, आज कतिमा हुँदैछ काराेबार ?
प्रतिक्रिया