शुक्रबार, पुष १८, २०८२

ट्रम्पविरुद्ध गलत समाचार प्रसारण गरेवाफत एबीसी टिभीले तिर्‍यो १५ करोड डलर

मेरोन्यूज २०८१ मंसिर ३० गते ९:३४

 काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध गलत समाचार प्रसारण गरेवाफत एबीसी टिभी च्यानलले १५ करोड अमेरिकी डलर क्षतिपूर्ति तिर्नुपर्ने भएको छ ।

एबीसी टिभी च्यानलका स्टार प्रस्तोता जर्ज स्टेफानोपोलोसले १० मार्चको एक कार्यक्रममा ट्रम्पले एक महिलालाई बलात्कार गरेको आरोप लगाएका थिए ।

उनको त्यो अभिव्यक्ति विरुद्ध मानहानीको मुद्दा परेको थियो । सोही मुद्दामा एबीसी टिभी च्यानल ट्रम्पलाई १५ करोड अमेरिकी डलर क्षतिपूर्ति तिर्न तयार भएको हो ।

शनिबार भएको सम्झौता अनुसार एबीसीले प्रस्तोता स्टेफानोपोलोसको अभिव्यक्तिप्रति खेद व्यक्त गर्दै खण्डन प्रकाशन पनि तयार भएको छ । साथै एबीसीले ट्रम्प पक्षको कानुनी फीबाफत् एक करोड डलर पनि तिर्ने छ ।

प्रतिक्रिया