वनमन्त्री आलेद्वारा आर्थिक सहयोग
मेरोन्यूज
२०७८ वैशाख १० गते १५:०३

काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले मिर्गौला तथा थाइराइड पीडित एक महिलालाई आर्थिक सहयोग गरेका छन् ।
उनले डोटीको दिपायल सिलगढी नगरपालिका–९ कलेनाकी ५३ वर्षीया मिर्गौलापीडित उजुली आउजीलाई १५ हजार तथा आदर्श गाउँपालिका–५ का थाइराइडका बिरामी रुपसिंह टमटालाई १० हजार सहयोग प्रदान गरेका हुन् ।
लामो समयदेखि बिरामी भएर काठमाडौँमा उपचार गराइरहेका दुवैलाई उपचारमा केही सहज होस् भन्ने उद्देश्यले उक्त रकम मन्त्रीले प्रदान गरेको उनका स्वकीय सचिव हेमन्त रेग्मीले बताए ।
––– रासस
सम्बन्धित
















रास्वपाद्वारा बैतडी बस दुर्घटनाप्रति दुःख व्यक्त
झुटा सूचनाले समाजलाई गम्भीर समस्याः उपाध्यक्ष पौडेल
अरनिको राजमार्गः धुलिखेल–खावा सडकखण्ड विस्तारकार्य तीव्र
अध्यक्ष ओलीद्वारा बैतडीमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त
बैतडी बस दुर्घटनाका घाइतेको उपचार प्रबन्ध मिलाउन सरकारलाई गगन थापाकाे आग्रह
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
काठमाडौंका सुकुम्बासीलाई बाढीबाट जोगाउन डोजर लगाएको हुँ : बालेन
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
प्रतिक्रिया