एनपीएलको प्लेअफ समिकरण पूरा, शीर्ष चार टोली को-कोसँग भिड्दैछन् ?

काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ समिकरण पूरा भएको छ ।
सोमबार लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ६ विकेटले पराजित गरेसँगै प्लेअफ समिकरण पूरा भएको हो।
लिग चरणको २८ खेल सकिँदा सुदूरपश्चिम १२ अंक जोड्दै शीर्ष स्थानमा रहेकाे छ। दोस्रो स्थानको जनकपुर बोल्ट्सले १० अंक जोड्यो।
चितवन राइनोज ८ अंकसहित तेस्रो हुँदा अन्तिम खेलमा पराजित भएको कर्णाली ८ अंक जोडेर चौथो भयो।
८ अंक नै जोडेको काठमाडौं गुर्खाज भने रनरेटमा पछि पार्दै बाहिरियो।
अब शीर्ष स्थानमा रहने दुई टोलीले पहिलो क्वालिफायर खेल्नेछन् । पहिलो क्वालिफायरमा सुदूरपश्चिम र जनकपुरबिच प्रतिस्पर्धा हुनेछ ।
तेस्रो र चौथो स्थानमा रहने टोलीले एलिमिनेटर खेल्नेछन् ।
चितवन र कर्णालीले एलिमिनेटर खेल्नेछन् । क्वालिफायर र एलिमिनेटर खेल बुधबार हुनेछ ।
दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरमा पराजित भएको टोली र एलिमिनेटरमा विजयी भएको टोलीले प्रतिस्पर्धा गर्नेछन्।
















यी हुन् समानुपातिक बन्दसूचीबाट हटाइएका ७६ जना (सूचीसहित)
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आज २०८२ साल माघ २० गते मंगलबारको राशिफल
युक्रेनबारे यसै साता अबुधाबीमा वार्ता हुने क्रेमलिनद्वारा पुष्टि
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
गैरबैङ्किङ वित्तीय संस्थाका लागि छुट्टै नियामक निकाय गठन गरिने
प्रतिक्रिया