ग्रामी अवार्ड विजेता भारतीय तबलावादक हुसैनको निधन

नयाँदिल्ली । ग्रामी अवार्ड विजेता भारतीय तबलावादक उस्ताद जाकिर हुसैनको ७३ वर्षको उमेरमा आइतबार निधन भएको छ।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई संयुक्त राज्य अमेरिकाको सान फ्रान्सिस्कोको एक अस्पतालमा भर्ना गरिएको थियो ।
हुसेनको सान फ्रान्सिस्कोको एक अस्पतालमा उपचारका क्रममा निधन भएको उहाँको पारिवारिक स्रोतले पुष्टि गरेको छ ।
एक शिक्षकको रूपमा उनको कामले अनगिन्ती संगीतकारहरूमा अमिट छाप छोडेको छ । उनले भावी पुस्तालाई अगाडि बढ्न प्रेरित गरेका छन् ।
उनी भारतीय सांस्कृतिक विरासत बोकेको महान संगीतकार थिए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विपक्षी नेता राहुल गान्धीलगायतका नेताले प्रसिद्ध तबलावादक उस्ताद जाकिर हुसेनको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
उनीप्रति श्रद्धा प्रकट गर्दै प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा शेयर गरेको पोस्टमा भनिएको छ, “उहाँ एक सच्चा प्रतिभाशाली व्यक्ति हुनुहुन्थ्यो । उस्ताद जाकिर हुसेनले भारतीय शास्त्रीय संगीतको दुनियाँमा क्रान्ति ल्याउनुभएको थियो । देशले उहाँ र उहाँको सङ्गीतप्रतिको योगदानलाई सधैँ सम्झिरहनेछ ।”
सङ्गितज्ञ हुसेनले भारत सरकारबाट पद्मश्री (१९८८) र पद्म भूषण (२००२), विश्व सङ्गीतमा योगदानको लागि चार पटक ग्रामी पुरस्कार, भारतीय शास्त्रीय सङ्गीतमा उत्कृष्टतालाई मान्यता दिने सङ्गीत नाटक एकेडेमी पुरस्कार, अमेरिकामा परम्परागत कलाकारहरूको लागि सर्वोच्च पुरस्कार ‘नेशनल हेरिटेज फेलोशिप’सहित धेरै प्रतिष्ठित पुरस्कारहरू प्राप्त गरेका छन् ।
















बाजुरामा चट्याङ लागेर एक जनाको मृत्यु
सुकुमवासीलाई मध्यपुरथिमि र चाँगुनारायणका दुई ‘सेल्टर’मा आवास
अटलान्टिक क्रुज जहाजमा ‘हान्टाभाइरस’ सङ्क्रमण, तीन जनाको मृत्यु : डब्लुएचओ
पोखरा महानगरपालिकाद्वारा अतिक्रमित संरचना हटाउन सूचना जारी
सातामा दुई दिन बिदा भएसँगै सौराहामा पर्यटकको आगमन उत्साहजनक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
प्रतिक्रिया