यू-१९ महिला एसिया कप : नेपालसँग पाकिस्तान पराजित
मेरोन्यूज
२०८१ पुष १ गते १६:१८

काठमाडौं । मलेसियामा जारी एसीसी यू-१९ महिला एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानलाई हराएको छ । नेपालले पाकिस्तानलाई ६ विकेटले हराएको हो ।
पाकिस्तानले दिएको १०५ रनको लक्ष्य नेपालले १ ओभरअगावै पूरा गरेको हो ।
नेपालका लागि कप्तान पुजा महतोले सर्वाधिक ४७ रन बनाएर अविजित रहिन् । यस्तै सोनी पाख्रिनले १३ र ओपनर सना प्रवीनले १० रन बनाइन् ।
नेपालले अब भोलि भारतसँग खेल्ने छ ।
सम्बन्धित
प्रतिक्रिया