सरकार जनताप्रति उत्तरदायी छः मन्त्री गुरुङ
मेरोन्यूज
२०८१ पुष १ गते २१:०९

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले वर्तमान सरकार जनताप्रति सधै उत्तरदायी रहेको बताएका छन् ।
आज दि राइजिङ नेपालको ५९औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा सरकारका प्रवक्ता समेत रहेका गुरुङले जनताका समस्या सम्बोधन गर्न सरकार सधै प्रयत्नरत रहेको उल्लेख गर्दै जनताप्रति सधै उत्तरदायी रहेको बताएका हुन् ।
उनले सहकारीमा भएको बेथितीलाई समाधान गर्न, दुग्ध किसानको रकम भुक्तानी गर्न, ऊखु किसानका समस्या सुल्झाउन वर्तमान सरकार प्रयन्तर रहेको बताए ।
दसैँ अगाडि दुग्ध किसानलाई केही रकम भुक्तानी गरेको उल्लेख गर्दै बाँकी रकम पनि छिट्टै भुक्तानी हुने उनको भनाइ थियो । साथै उनले सहकारीपीडित र मिटरब्याजपीडितको समस्या समाधानका लागि सरकारले काम गरिरहेको उल्लेख गरे ।
सम्बन्धित
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया