इजरायलले पहिलो ‘वेभ पावर प्लान्ट’ सुरु गर्यो

जेरुसेलम। इजरायलले समुद्री छालबाट बिजुली उत्पादन गर्ने आफ्नो पहिलो पावर प्लान्टको उद्घाटन गरेको इजरायलको ऊर्जा र पूर्वाधार मन्त्रालयले आइतबार एक विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
तेल अवीव–याफोको भूमध्यसागरीय सहरको जाफा पोर्टमा अवस्थित उक्त पावर प्लान्टको क्षमता १०० किलोवाट रहेको छ ।
यो इजरायली ऊर्जा कम्पनी इको वेभ पावरद्वारा विकसित गरिएको थियो ।
यो प्रणालीले ६० सेन्टीमिटर उचाइभन्दा कम छालबाट बिजुली उत्पादन गर्न सक्ने छ ।
स्मार्ट कन्ट्रोल सिस्टमले सुसज्जित यो प्रविधिले आँधीबेहरीमा हुने क्षतिलाई रोक्नको लागि समुद्रको सतहभन्दा माथि उठाउँछ ।
परियोजनाबाट उत्पादित सबै बिजुली इजरायलको राष्ट्रिय ग्रिडमा आपूर्ति गरिन्छ । राज्यको स्वामित्वमा रहेको इजरायल इलेक्ट्रिक कर्पोरेशनले सुविधाबाट उत्पादित सबै ऊर्जा खरिद गर्दछ ।
मन्त्रालयले यो परियोजना नवीकरणीय स्रोतबाट ऊर्जा उत्पादन बढाउने, वायु प्रदूषण घटाउने र इजरायलको ऊर्जा सुरक्षा बढाउने पाइला भएको बताएको छ ।
















सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जनले पाए सफाइ
लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ
राष्ट्रपतिले जारी गरे थप एक अध्यादेश
मोरङमा तीन अग्रज पत्रकार सम्मानित
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव
प्रतिक्रिया