झापा कप: दार्जिलिङलाई हराउँदै इटहरीको जागृति सेमिफाइनलमा

झापा। इटहरीको राष्ट्रिय जागृति क्लब विर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ। आज भएको खेलमा टाइब्रेकरमा पाहुना टोली भारतको जिटिए दार्जिलिङलाई ४–२ गोलले हराउँदै जागृतिले सेमिफाइनलको यात्रा तय गरेको हो।
टाइब्रेकरमा जागृतिका प्रवेश दनुवार, सविन घिमिरे, योगेन्द्र कार्की र विदेशी खेलाडी नाम्दी इबोसीले गोल गरेका थिए। जिटिएका आशिष देवान र प्रितम राईले मात्र गोल गरेका थिए भने अंगद थापा मगर र भाइचुङ राईको प्रहार गोलरक्षक नीरज चौधरीले बचाउ गरेका थिए।
खेलको १७ औँ मिनेटमा जागृतिका लागि प्रवेश बस्नेतले गोल गर्दै टिमलाई अग्रता दिलाए। डिबक्समा अनमार्क रहेका बस्नेतले खमिर गिल्सन कन्दङवाको क्रस पासलाई सदुपयोग गर्दै गोल गरेका थिए। खेलको २० औँ मिनेटमा डिफेन्डर निवास रानाको ह्यान्ड बल भएको थियो। त्यसपछि जागृतिका मिलन राईले गरेको पेनाल्टी प्रहार जिटिएका गोलकिपरले बचाउ गर्दा अग्रता दोब्बर गर्ने अवसर गुमेको थियो।
खेलको २२ औँ मिनेटमा जिटिएले खेल बराबरी गर्यो। जिटिएका देवाशिष राईले मैदानको मध्यभागबाट दुईजना डिफेन्डरलाई विट गर्दै विपक्षी गोलपोस्टमा प्रहार गरेका थिए। गोलकिपरबाट रिबाउन्स भएको बललाई उनले गोलमा परिणत गरेका थिए।
खेलको ३६ औँ मिनेटमा जिटिएका कप्तान आशिष देवानको कर्नर प्रहारमा ज्योति क्षेत्रीले गरेको हेडर गोलकिपर निरज चौधरीले गोल लाइनबाट बचाएका थिए। खेलको ६८ औँ मिनेटमा जागृति १० खेलाडीमा सीमित भयो। जागृतिका स्ट्राइकर मिलन राई विपक्षी गोलकिपर निगम सिंहलाई फाउल गरेपछि रेडकार्ड पाएर मैदानबाट बाहिरिए। दश खेलाडीमा सीमित भएको जागृति त्यसपछि दबाबमा परेको थियो।
खेलको प्लेयर अफ द म्याच विजेता जागृतिका गोलरक्षक चौधरी भएका छन् । उनले नगद रु १० हजार पुरस्कार पाएका छन्। बुधबारको तेस्रो क्वार्टर फाइनल खेल चर्च ब्वाइज युनाइटेट र गोर्खा ब्वाइज स्पोर्टस क्लब रुपन्देहीबीच हुने आयोजक झापा ११ क्लवका महासचिव गणेश पोखरेलले बताए।
प्रतियोगिताको विजेताले नगद रु १० लाख तथा उपविजेताले नगद रु पाँच लाख पुरस्कार पाउने पोखरेलले जानकारी दिए। प्रतियोगिताको फाइनल खेल पुस ८ गते हुनेछ।
















ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी
मोरङको पाँच स्थानमा बर्डफ्लु
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
एशियाली व्यापार एकीकरणका आधारहरू बलियो हुँदैः प्रतिवेदन
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
प्रतिक्रिया