झापा कप: दार्जिलिङलाई हराउँदै इटहरीको जागृति सेमिफाइनलमा

झापा। इटहरीको राष्ट्रिय जागृति क्लब विर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ। आज भएको खेलमा टाइब्रेकरमा पाहुना टोली भारतको जिटिए दार्जिलिङलाई ४–२ गोलले हराउँदै जागृतिले सेमिफाइनलको यात्रा तय गरेको हो।
टाइब्रेकरमा जागृतिका प्रवेश दनुवार, सविन घिमिरे, योगेन्द्र कार्की र विदेशी खेलाडी नाम्दी इबोसीले गोल गरेका थिए। जिटिएका आशिष देवान र प्रितम राईले मात्र गोल गरेका थिए भने अंगद थापा मगर र भाइचुङ राईको प्रहार गोलरक्षक नीरज चौधरीले बचाउ गरेका थिए।
खेलको १७ औँ मिनेटमा जागृतिका लागि प्रवेश बस्नेतले गोल गर्दै टिमलाई अग्रता दिलाए। डिबक्समा अनमार्क रहेका बस्नेतले खमिर गिल्सन कन्दङवाको क्रस पासलाई सदुपयोग गर्दै गोल गरेका थिए। खेलको २० औँ मिनेटमा डिफेन्डर निवास रानाको ह्यान्ड बल भएको थियो। त्यसपछि जागृतिका मिलन राईले गरेको पेनाल्टी प्रहार जिटिएका गोलकिपरले बचाउ गर्दा अग्रता दोब्बर गर्ने अवसर गुमेको थियो।
खेलको २२ औँ मिनेटमा जिटिएले खेल बराबरी गर्यो। जिटिएका देवाशिष राईले मैदानको मध्यभागबाट दुईजना डिफेन्डरलाई विट गर्दै विपक्षी गोलपोस्टमा प्रहार गरेका थिए। गोलकिपरबाट रिबाउन्स भएको बललाई उनले गोलमा परिणत गरेका थिए।
खेलको ३६ औँ मिनेटमा जिटिएका कप्तान आशिष देवानको कर्नर प्रहारमा ज्योति क्षेत्रीले गरेको हेडर गोलकिपर निरज चौधरीले गोल लाइनबाट बचाएका थिए। खेलको ६८ औँ मिनेटमा जागृति १० खेलाडीमा सीमित भयो। जागृतिका स्ट्राइकर मिलन राई विपक्षी गोलकिपर निगम सिंहलाई फाउल गरेपछि रेडकार्ड पाएर मैदानबाट बाहिरिए। दश खेलाडीमा सीमित भएको जागृति त्यसपछि दबाबमा परेको थियो।
खेलको प्लेयर अफ द म्याच विजेता जागृतिका गोलरक्षक चौधरी भएका छन् । उनले नगद रु १० हजार पुरस्कार पाएका छन्। बुधबारको तेस्रो क्वार्टर फाइनल खेल चर्च ब्वाइज युनाइटेट र गोर्खा ब्वाइज स्पोर्टस क्लब रुपन्देहीबीच हुने आयोजक झापा ११ क्लवका महासचिव गणेश पोखरेलले बताए।
प्रतियोगिताको विजेताले नगद रु १० लाख तथा उपविजेताले नगद रु पाँच लाख पुरस्कार पाउने पोखरेलले जानकारी दिए। प्रतियोगिताको फाइनल खेल पुस ८ गते हुनेछ।









हुवावेको ‘वाच जीटी ६ सिरिज’ नेपालमा सार्वजनिक
स्वास्थ्यमन्त्री गौतमसँग भारतीय राजदूतको शिष्टाचार भेट
कर्णालीले विराटनगरलाई दियो १६१ रनको लक्ष्य
सांग्रिला मोटर्सले लीपमोटर र सिट्रोनका लागि विशेष एक्सचेन्ज क्याम्प गर्दै
जापानमा बेरोजगारी दर २.६ प्रतिशत
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध मुस्लिम महिलाको गम्भीर आपत्ति : विरोधमा कार्यक्रम गर्दै
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
महाकालीमा डुबेर एक युवक बेपत्ता, खोजीकार्य जारी
प्रतिक्रिया