जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपीएलको फाइनलमा

काठमाडौं। सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा पुगेको छ ।
त्रिवि मैदान कीर्तिपुरमा बुधबार भएको खेलमा सुदूरपश्चिमले जनकपुर बोल्ट्स्लाई ८ विकेटले पराजित गरेको हो । जनकपुरले दिएको १४० रनको लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाएर पुरा गर्याे।
सुदुरपश्चिमका लागि विनोद भण्डारीले सर्वाधिक ५८ रनको योगदान दिए । उनले ५५ बल खेल्दा तीन चौका र तीन छक्का प्रहार गरे । त्यस्तै कप्तान दीपेन्द्र सिंह ऐरीले अविजित २० रन बनाए । उनले १६ बल खेल्दै एक चौका र एक छक्का प्रहार गरे । त्यसैगरी सैफ जैबले २१ बलमा तीन चौका र दुई छक्काको सहयोगमा ३२ रन बनाए । ब्रेण्डन मक्मूलनले १९ बलमा एक चौका र एक छक्काको सहयोगमा २५ रन जोडे ।
बलिङ्तर्फ जनकपुरका ललित राजवंशी र किशोर महतोले समान एक एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ३९ रनको योगफल बनाएको थियो । जनकपुरका लागि जिमी नीशमले २३ बल खेल्दै तीन चौका र तीन छक्काको मद्दतमा सर्वाधिक ४५ रन बनाए । त्यस्तै शुभ कंसाकारले २४ बलमा २६ रन जोडे । लाहिरू मिलन्था र हर्ष ठोकरले समान १२/१२ रन जोडे भने आसिफ शेख र अरनिको यादवले समान ११/११ रन बनाए ।
बलिङतर्फ सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले तीन विकेट लिए भने सैफ जैबले दुई विकेट लिए । त्यस्तै स्कट कुगेलेइन र अविनाश बोहराले समान एक/एक विकेट लिए । लिग चरणको खेलमा पनि सुदूरपश्चिमले जनकपुरलाई पराजित गरेको थियो । यो हारसँगै जनकपुरले फाइनल प्रवेशका लागि पुन मौका पाउनेछ ।
भोलि हुने दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेता कर्णाली याक्स र जनकपुरले खेल्नेछन् । दोस्रो क्वालिफायरको विजेता र सुदूरपश्चिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
















ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी
मोरङको पाँच स्थानमा बर्डफ्लु
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
एशियाली व्यापार एकीकरणका आधारहरू बलियो हुँदैः प्रतिवेदन
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
प्रतिक्रिया