राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको मतदान समय तोकियो (पत्रसहित)

काठमाडौँ । निर्वाचन आयोगले जेठ ६ गते हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको मतदानको समय तोकेको छ । निर्वाचन आयोगका अनुसार मतदानको समय बिहान ९ बजेदेखी दिउँसो ३ बजेसम्म कायम गरेको छ ।
बागमती प्रदेशमा रिक्त एक राष्ट्रिय सभा सदस्यका लागि जेठ ६ गते उपनिर्वाचन हुन लागेको हो ।साथै वाग्मती प्रदेशको हेटौंडामा प्रदेश निर्वाचन आयोगको कार्यालय स्थपना गर्ने निर्णय गरेको आयोगले जनाएको छ ।
साथै राष्ट्रियसभा सदस्य निर्वाचन ऐन २०७५को दफा ७ अनुसार निर्वाचन अधिकृतको पदमा नियुक्त गर्न न्याय परिषद्को परामर्शमा दुई जना (एक जना जगेडासमेत) जिल्ला न्यायाधीशको नामावली माग गरी नेपाल सरकार, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा लेखी पठाउनेसमेत निर्णय गरेको आयोगले जनाएको छ ।
निर्वाचनको तयारीका सन्दर्भमा आयोगको आज बसेको बैठकबाट निर्वाचन पूर्व, निर्वाचनको समयमा र निर्वाचन पश्चात् गर्नुपर्ने कार्य समेटिएको निर्वाचन कार्यतालिका स्वीकृत गरेको आयोगका सहसचिव एवम् प्रवक्ता राजकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
नेकपा माओवादी केन्द्रबाट २०७४ को निर्वाचनमा रामबहादुर थापा बादल एमालेमा प्रवेश गरेपछि राष्ट्रिय सभा सदस्यको पद रिक्त भएको थियो ।

















रक्षा क्षमता घटाउने बिषयमा अमेरिकासँग कुनै वार्ता हुँदैन : इरान
कांग्रेस सभापति थापाद्वारा पार्टी एकता र सङ्गठन सुदृढीकरणमा जोड
जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च, कारण यस्ताे
आइसिसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने
सुदूरपश्चिममा बालेनको मौन चुनावी अभियान
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
प्रतिक्रिया