राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको मतदान समय तोकियो (पत्रसहित)

काठमाडौँ । निर्वाचन आयोगले जेठ ६ गते हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको मतदानको समय तोकेको छ । निर्वाचन आयोगका अनुसार मतदानको समय बिहान ९ बजेदेखी दिउँसो ३ बजेसम्म कायम गरेको छ ।
बागमती प्रदेशमा रिक्त एक राष्ट्रिय सभा सदस्यका लागि जेठ ६ गते उपनिर्वाचन हुन लागेको हो ।साथै वाग्मती प्रदेशको हेटौंडामा प्रदेश निर्वाचन आयोगको कार्यालय स्थपना गर्ने निर्णय गरेको आयोगले जनाएको छ ।
साथै राष्ट्रियसभा सदस्य निर्वाचन ऐन २०७५को दफा ७ अनुसार निर्वाचन अधिकृतको पदमा नियुक्त गर्न न्याय परिषद्को परामर्शमा दुई जना (एक जना जगेडासमेत) जिल्ला न्यायाधीशको नामावली माग गरी नेपाल सरकार, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा लेखी पठाउनेसमेत निर्णय गरेको आयोगले जनाएको छ ।
निर्वाचनको तयारीका सन्दर्भमा आयोगको आज बसेको बैठकबाट निर्वाचन पूर्व, निर्वाचनको समयमा र निर्वाचन पश्चात् गर्नुपर्ने कार्य समेटिएको निर्वाचन कार्यतालिका स्वीकृत गरेको आयोगका सहसचिव एवम् प्रवक्ता राजकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
नेकपा माओवादी केन्द्रबाट २०७४ को निर्वाचनमा रामबहादुर थापा बादल एमालेमा प्रवेश गरेपछि राष्ट्रिय सभा सदस्यको पद रिक्त भएको थियो ।

















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया