आज पुस ४ गते बिहीबार ,कस्तो छ तपाईंको राशिफल ?

काठमाडौं ।आज २०८१ साल पुस ४ गते बिहीबार तदनुसार सन् २०२४ डिसेम्बर १९ तारिख। पौष कृष्ण पक्षको चौथी तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष : कार्यक्षेत्रमा मानसम्मान बढ्नेछ। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। धन आर्जनका नयाँ स्रोतहरू खुल्नेछन्। पारिवारिक सद्भाव बढ्नेछ। श्रमको उचित मूल्याङ्कन नमिल्ला। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ।
वृष : राजनीतिक क्षेत्रमा गरेको प्रयासमा सफलता मिल्नेछ। शासन वा सत्तापक्षबाट लाभ मिल्नेछ। व्यापार व्यवसायमा नयाँ अनुबन्धहरूले आयस्रोत बढ्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।
मिथुन : प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। दाजुभाइको साथ र सहयोग मिल्नेछ। गोपनीय कुरामा ध्यान पुर्याउनुहोला। मूल्यवान वस्तु हराउन सक्छ। आर्थिक कारोबार सबल रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
कर्कट : वरिष्ठ व्यक्तिहरूको सहायताले धन आर्जनका नयाँ स्रोतहरू खुल्नेछन्। शैक्षिक प्रगति हुनेछ। नयाँ कार्यको प्रस्ताव आउनेछ। नयाँ पहिरनले व्यक्तित्वमा आकर्षकता लिएर आउनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।
सिंह : समस्या पर्दा मित्रहरूबाट सहयोग मिल्नेछ। धार्मिक कार्यमा वा समाजसेवामा मन जानेछ। प्रलोभन देखाएर काम बनाउनेहरुलाई चिन्ने प्रयास गर्नुहोस्। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक २ रहेको छ।
कन्या : पराक्रममा वृद्धि हुनेछ। कार्यक्षेत्रमा सिनियर वा जुनियर दुबैको सहयोगले अप्ठ्यारो कार्य सम्पादन हुनेछ। आर्थिक साझेदारबाट पनि राम्रो लाभ मिल्नेछ। व्यापार व्यवसायमा शत्रुपक्ष हार खानेछन्। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ५ रहेको छ।
तुला : लामो समयदेखि प्रतिक्षा गरेको कार्य सम्पादन हुनेछ। व्यापार व्यवसायलाई लिएर लामो यात्रा गर्नुपर्ला। व्यापार भन्दा समाज मुलुकको लागि गरेको कामबाट लाभ पाइनेछ। नयाँ नोकरीको प्रयासमा सफलता मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।
वृश्चिक : आज हजुरले चिताएका काम पूरा हुने सम्भावना रहेको छ। भाग्यले साथ दिनेछ। विद्यार्थीहरूको अध्ययन अध्यापनमा रुचि बढ्नेछ। आइटी क्षेत्रमा राम्रो सफलता पाइनेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक २ रहेको छ।
धनु : नसोचेको स्थानबाट धनप्राप्तिले मन हर्षित रहनेछ। आफन्तहरूको साथ मिल्नेछ। कार्यक्षेत्रमा बोलिको विपरीत प्रभाव पर्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।
मकर : चुनौतीपूर्ण दिन रहेको छ। विश्वासीलो मित्रबाट सहायता मिल्नेछ। व्यापार व्यवसायबाट लाभ मिल्नेछ। आध्यात्मिक ज्ञानको प्रेरणाले मानसिक सुख मिल्नेछ। राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।
कुम्भ : कार्यक्षेत्रमा प्रतिकूल परिस्थितिले चिन्ता बढ्नेछ। वित्तीय वा सहकारी संस्थाबाट लाभ मिल्नेछ। शत्रुहरू सक्रिय रहनेछन्। कानुनको विपरीत कार्य नगरौँ। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।
मीन : कार्यक्षेत्रमा प्रतिकूल परिस्थितिले चिन्ता बढ्नेछ। वित्तीय वा सहकारी संस्थाबाट लाभ मिल्नेछ। शत्रुहरू सक्रिय रहनेछन्। कानुनको विपरीत कार्य नगरौँ। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।
प्रतिक्रिया