कर्णालीलाई हराउँदै जनकपुर एनपीएलको फाइनलमा
मेरोन्यूज
२०८१ पुष ४ गते १६:०८

काठमाडौं । अलराउन्डर जिम्मी निसम नायक बनेपछि दोस्रो क्वालिफायरमा कर्णाली याक्सविरुद्ध दुई विकेटको रोमाञ्चक जित निकाल्दै जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा स्थान बनाएको छ । अब जनकपुरले उपाधिका निम्ति सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ ।
हारसँगै प्रतियोगितामा तेस्रो स्थान निश्चित गरेको कर्णालीले २५ लाख रुपैयाँ पुरस्कार पाउने भएको छ ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शीर्षक्रम धराशायी बने पनि अलराउन्डर जिम्मीले इनिङ सम्हालेपछि जनकपुरले ११९ रनको लक्ष्य १९ ओभरमा आठ विकेट गुमाएर पूरा गर्यो । त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको कर्णालीले २० ओभरमा नौ विकेट गुमाएर ११८ रन बनाएको थियो ।
सम्बन्धित









जापानमा बेरोजगारी दर २.६ प्रतिशत
मंसिर १७ गते उज्यालो नेपाल पार्टी घोषणा हुने
‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक
कालीकोटमा सुक्खा पहिरोमा पुरिएका कामदारको शव निकालियो
विराटनगरविरुद्ध पहिले ब्याटिङ गर्दै कर्णाली
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
महाकालीमा डुबेर एक युवक बेपत्ता, खोजीकार्य जारी
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध मुस्लिम महिलाको गम्भीर आपत्ति : विरोधमा कार्यक्रम गर्दै
प्रतिक्रिया