प्रथम अदानचुली सांस्कृतिक तथा पर्यटकीय महोत्सव हुने
मेरोन्यूज
२०८१ पुष ४ गते १८:५८

सिमकोट । जिल्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकामा प्रथम अदानचुली सांस्कृतिक तथा पर्यटकीय महोत्सव आयोजना हुने भएको छ ।
गाउँपालिकामा रहेका पर्यटकीय स्थल र यहाँको संस्कृति जगेर्ना तथा प्रवर्द्धन गर्ने उद्देश्यले पुस ५ गते महोत्सव आयोजना हुन लागेको हो ।
गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत हंश महताराले महोत्सवमा राष्ट्रिय स्तरमा ख्याती प्राप्त देउडा कलाकारको समेत प्रस्तुति रहने जानकारी दिए। महोत्सवमा स्थानीय महिला तथा पुरुषबिच देउडा प्रस्तुति समेत रहने भएको छ ।
महोत्सवमा मागल, बालो चम्फा, ढाल तरवार नाच, चाची, फाक, हुड्के फुर्को नाच, बाक्टे नाच, बाजा लगायतका नाच प्रदर्शन हुने भएका छन् ।
सम्बन्धित
















बैतडीमा ट्रक दुर्घटनाः चालकसहित चारजना घाइते
अमेरिकाले वास्तविकतामा युद्ध हारिरहेछ – इरान
पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस मनाइँदै
कस्ताे रहला आज देशभरकाे माैसम ?
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
प्रतिक्रिया