तस्करीको चीनी सहितको ई रिक्सा र चालक पक्राउ
मेरोन्यूज
२०८१ पुष ४ गते २०:०७

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटको गस्ती टोलीले तस्करीको भारतीय चीनी सहितको ई रिक्सा बरामद गर्नुका साथै चालकलाई नियन्त्रणमा लिएको छ।
जिल्ला सदरमुकाम गौर स्थित सिवाङ्गी पेट्रोल पम्पको अगाडी चेकजाँचको क्रममा प्रहरी गस्ती टोलीले बिहीवार २०० किलो अबैध भारतीय चिनि बोकेको ना २ ह १६८ नम्बरको ई रिक्सा बरामद गर्नुका साथै चालक गौर नगरपालिका ४ का ४५ बर्षीय बिन्देश्वर सहनी लाई नियन्त्रणमा लिएको हो।
बरामद चीनी,ई रिक्साको ३ लाख १४ हजार मूल्याङकन गरी चालक सहनी सहित आवशयक कार्वाहीको लागी जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार राय द्वारा जारी सूचनामा उल्लेख गरिएको छ।
सम्बन्धित

















बाजुरामा स्वास्थ्य शिविरमा एक हजारभन्दा बढीको उपचार
प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरमा पूजा
Gold, silver prices slide
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
चितवनमा हुरीका कारण केराखेतीमा क्षति
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रविको मुद्दा फिर्ताविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा, अर्काे सुनुवाइ पर्सि
प्रतिक्रिया