बुधबार, वैशाख १७, २०८२

नबिल बैंकले सुरु गर्‍याे निःशुल्क टोल-फ्री सुविधा

मेरोन्यूज २०८१ पुष ५ गते १२:२०

काठमाडौं। नबिल बैंकले नबिल कस्टमर केयर सेन्टरमा टोल-फ्री नम्बरको एकीकरण गरेको छ। ग्राहकलाई थप सरल, निःशुल्क र पहुँचयोग्य बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले बैंकले यस्तो सुविधा सुरु गरेको हो।

अब ग्राहकहरूले नेपाल टेलिकम (एनटिसी) र एनसेल नेटवर्कमार्फत बिना कुनै शुल्क बैंकको कल सेन्टरमा सम्पर्क गर्न सक्ने नबिलले जनाएको छ। यस्तो सुविधाको प्रयोग गर्दै खाता विवरण, लेनदेन सोधपुछ, प्राविधिक सहायता र बैंकिङ सेवासँग सम्बन्धित कुनै पनि समस्या समाधानमा सहज पहुँच उपलब्ध हुनेछ।

बैंकले एनटिसी प्रयोगकर्ताको लागि टोल(फ्री नम्बर १६६००-१६२२४५ र एनसेल प्रयोगकर्ताको लागि १८१०२-१६२२४५ नम्बरमा कल गर्ने सुविधा दिइएको बैंकले जनाएको छ ।

यस्ता छन् सेवाका मुख्य विशेषता :

-निःशुल्क सम्पर्कः ग्राहकहरूले बिना कुनै शुल्क देशभरबाट बैंकको कल सेन्टरमा सम्पर्क गर्न सक्नेछन्।

-२४र७ सेवा उपलब्धताः टोल-फ्री नम्बर २४ घण्टा, सातै दिन सञ्चालनमा रहनेछ।

-दक्ष र व्यावसायिक सेवाः प्रशिक्षित प्रतिनिधिहरूले ग्राहकका समस्याहरू शीघ्र र प्रभावकारी रूपमा समाधान गर्नेछन्।

-विविध च्यानल पहुँचः ग्राहकले टोल(फ्री नम्बरको अतिरिक्त बैंकको मोबाइल एप, भाइवर, वेबसाइट र शाखा नेटवर्कबाट पनि सेवा लिन सक्नेछन्।

ग्राहक सन्तुष्टि र सेवा सुधारलाई निरन्तर प्राथमिकतामा राख्दै नबिल बैंकले यो सेवा सुचारु गरेको हो । बैंकले टोल(फ्री नम्बरको एकीकरणले ग्राहक र बैंकबीचको सम्पर्कलाई थप सहज र प्रभावकारी बनाउने विश्वास गरेको छ । बैंकले आफ्ना सम्पूण ग्राहकलाई कुनै पनि सोधपुछ, सहायता वा सेवा आवश्यकताका लागि यो सुविधा प्रयोग गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया