मैत्रीपूर्ण खेलमा भूटानसँग नेपाल पराजित
मेरोन्यूज
२०८१ पुष ५ गते १८:३९

काठमाडौँ । यु–१६ टोलीसँगको मैत्रीपूर्ण खेलमा भूटानसँग नेपाल पराजित भएको छ ।
दशरथ रङ्गशालामा आज भएको खेलमा भूटानले नेपालमाथि ५–१ को जित निकालेको हो । भूटानले खेलको पहिलो ‘हाफ’ मा नै ३–० गोलको अग्रता लियो । यस्तै, खेलको दोस्रो ‘हाफ’मा भूटानले फेरि दुई गोल थप्यो ।
नेपालले भने खेलको अन्तिमतिर एक सान्त्वना गोल फर्कायो । खेलको २५औँ मिनेटमा भूटानकी सोनाम छोगेलले गोल गरिन् । त्यसपछि भूटानका लागि कप्तान छिरिङ ल्हामोले खेलको ३५ र ४०औँ मिनेटमा दुई गोल गरिन् । खेलको ६६औँ मिनेटमा छोगेलले दोस्रो गोल गरिन् । खेलको ८४औँ मिनेटमा उगेन सोमोले पेनाल्टीमा गोल गरिन् ।
नेपालका लागि सविना तामाङले खेलको ८७औँ मिनेटमा सान्त्वना गोल फर्काइन् । अब नेपाली यु–१९ टोलीले यही पुस ७ गते आइतबार भूटानी यु–१९ टोलीसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।
सम्बन्धित
















ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी
मोरङको पाँच स्थानमा बर्डफ्लु
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
एशियाली व्यापार एकीकरणका आधारहरू बलियो हुँदैः प्रतिवेदन
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
प्रतिक्रिया