फाइनलअघि के भन्छन् सुदूरपश्चिम र जनकपुरका कप्तान ?

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधिका लागि भोलि फाइनल हुँदैछ। सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स एनपीएलको फाइनलमा पुगेका छन्।
उपाधिका लागि भिड्नुअघि शुक्रबार आयोजित ‘प्रिम्याच कन्फ्रेन्स’मा दुवै टिमका कप्तानले आफूहरुले जितबारे धेरै नसोचेको र भोलि अहिलेसम्मकै राम्रो क्रिकेट खेल्ने बताएका छन्।
सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले आफूहरुले दुई पटक पराजित गरेको भए पनि विपक्षी टोलीलाई कमजोर नठानेको बताए। उनले भोलिको खेलमा पनि लिग चरणको जस्तै रणनीति अपनाएर खेल्ने बताए।
‘भोलिको लागि तयारी राम्रो भइरहेको छ,’ ऐरीले भने, ‘पहिले हरायौं भन्दैमा हामीले सजिलो रुपमा लिएका छैनौं। टिम एकदमै टफ छ। जसरी लिगहरुको म्याच खेलीरहेका थियौं, फाइनलमा पनि त्यसरी नै खेल्नै छौं।’
उनले थपे, ‘जित, हार आफ्नो छ। आफ्नो शतप्रतिशत दिएर खेल्छौं।’
त्यस्तै जनकपुर बोल्ट्सका कप्तान आशिफ शेखले पनि नतिजाबारे धेरै नसोचेको र मैदानमा राम्रो खेल्ने बताए। ‘भोलि एउटा राम्रो क्रिकेट खेल्छौं,’ शेखले भने, ‘हामीसँग जेजति छ, त्यो मैदानमा दिन्छौं। नतिजाको बारेमा त्यस्तो केही सोचेका छैनौं।’
नतिजा जे आए पनि मैदानबाट निस्कदा आफूले बेष्ट दिएको भनेर आफूलाई लाग्नुपर्ने उनले बताए। शेखले भने, ‘मैदानबाट निस्कदा यति मात्रै लाग्नु पर्यो कि आफूसँग जे जति थियो, त्यो दियौं।’









कैलालीमा खैरो हेरोइनसहित ४ जना पक्राउ
विद्युत् नियमन आयोगलाई साफिरको सदस्यता लिन स्वीकृति
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
माडी–ठोरी सडकखण्डमा निर्माण अलपत्र पुलको ठेक्का तोडियो
पर्यटन प्रवर्द्धन गर्न जोड्न पोखरामा दाइँ महोत्सव
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध मुस्लिम महिलाको गम्भीर आपत्ति : विरोधमा कार्यक्रम गर्दै
प्रतिक्रिया