आज कुन विदेशी मुद्राको विनियमदर कति? हेर्नुहोस् सूची

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ।
आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य घटबढ् भएको छैन। अर्थात् हिजो जुन मूल्यमा कारोबार भएको थियो, आज पनि सबैजसो विदेशी मुद्रा सोही मूल्यमा कारोबार हुने छ।
राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ७३ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ३३ पैसा छ।
हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो।
त्यसैगरी आज युरो एकको खरिदर एक सय ४१ रुपैया र बिक्रीदर एक सय ४१ रुपैयाँ ६२ पैसा छ।
त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ६९ रुपैयाँ ७२ पैसा र बिक्रीदर एक सय ७० रुपैयाँ ४७ पैसा छ।
आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८४ रुपैयाँ ५० र बिक्रीदर ८४ रुपैयाँ ८७ पैसा छ।
त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ४० रुपैयाँ ४२ पैसा र बिक्रीदर चार सय ४२ रुपैयाँ ३६ पैसा छ।
त्यसैगरी बहराइन दिनार एकको खरिददर तीन सय ५९ रुपैयाँ ७२ पैसा र बिक्रीदर तीन सय ६१ रुपैयाँ ३३ पैसा छ।
हेर्नुहोस् सबै विदेशी मुद्राको सूची











गैरमुस्लिम विदेशीका लागि साउदी अरबमा रहेकाे एकमात्रै मदिरा पसलमा ग्राहककाे भिड
बालुवाटारमा प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछाने भेटवार्ता जारी
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
निर्वाचनको तयारीबारे भोलि प्रधानमन्त्रीसहितको सर्वपक्षीय छलफल
गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
प्रतिक्रिया