प्रिमियर लिगमा सिटीको हारको अर्को कीर्तिमान

काठमाडौं । इंग्लिस प्रिमियर लिगको साबिक बिजेता क्लब म्यानचेस्टर सिटीले अर्को हारको कीर्तिमान लेखाएको छ।
जारी सिजनको प्रिमियर लिग चलिरहँदा हारको कीर्तिमान रचेको सिटी शनिबार राति एस्टन भिल्लासँग हारेको हो।
१७ खेलमा नवौं पटक पराजित हुँदा भिल्लाले सिटीलाई २-१ गोलले हरायो।
खेलको १६ मिनेटमै भिल्लाले सिटीलाई गोल हानेको थियो। भिल्लाका डुरानको गोलबाट अग्रता लिएको भिल्लाका लागि अर्को गोल रोगेर्सले ६५ मिनेटमा थपेका थिए।
सिटीका फोडेनले खेलको इन्ज्युरी समयमा गोल गरे पनि हार टार्न सिटीले सकेन।
यो जितसँग भिल्ला १७ खेलमा २८ अंकसहित लिगको पाँचौं स्थानमा छ। सिटी समान खेलमा २७ अंकसहित छैटौं स्थानमा छ।
लिगको तेस्रो स्थानमा रहेको आर्सनलले शनिबार राति नै क्रिस्टल प्यालेसलाई ५-१ गोलले पराजित गरेको छ।
अरू खेलमा न्युक्यासलले इप्स्वीचलाई र नटांघटम फरेस्टले ब्रेनफोर्डलाई पराजित गरेको छ।
वेस्टह्याम र ब्राइटन १-१ गोल बराबरीमा रोकिएका छन्।









कृषि विकास बैंकलाई अन्तर्राष्ट्रिय सम्मान
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
खाडी मुलुक जाने श्रमिकका लागि हवाइ भाडादरमा छुट
कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जीत
गोल्डकप विजेतालाई एक सय ३१ केजी अलैँची पुरस्कार
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
एनपीएलमा आज विराटनगर र चितवन खेल्दै
प्रतिक्रिया