हत्या गरेको अभियोगमा पक्राउ
मेरोन्यूज
२०८१ पुष ७ गते १४:३६

सर्लाही। सर्लाहीमा हत्या गरेकाे अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
लालबन्दी नगरपालिका-१५ तीनतले देउराली बस्ने ६५ वर्षीया विष्णुमाया बम्जनको हत्या गरेको अभियोगमा ईश्वरपुर नगरपालिका-१२ घारिबथान बस्ने ४८ वर्षीय बीर बहादुर मोक्तानलाई प्रहरीले पक्राउ गरेको हाे ।
बीर बहादुरले मंसिर २८ गते राति ढुङ्गा प्रहार गर्दा बिष्णुमाया गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट परवानीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
गम्भीर घाइते भएकी बिष्णुमायाको लालबन्दीस्थित म्याक्स हस्पिटलमा थप उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित

















काठमाडौँमा घरभित्र पसेको चितुवाको उद्धार
Nepal’s Cooperatives at Risk: Legal Concerns over RSP’s Policy
निर्वाचन आयाेगले भन्याे– निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग नगर्नु/नगराउनू
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन, निर्वाचन सफल पार्न निर्देशन
रास्वपाकाे भैरहवा र पोखराको चुनावी सभा स्थगित
आईसीसी टी–२० विश्वकप: समूह चरणको अन्तिम खेलमा आज अस्ट्रेलिया र ओमान भिड्दै
प्रतिक्रिया