हत्या गरेको अभियोगमा पक्राउ
मेरोन्यूज
२०८१ पुष ७ गते १४:३६

सर्लाही। सर्लाहीमा हत्या गरेकाे अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
लालबन्दी नगरपालिका-१५ तीनतले देउराली बस्ने ६५ वर्षीया विष्णुमाया बम्जनको हत्या गरेको अभियोगमा ईश्वरपुर नगरपालिका-१२ घारिबथान बस्ने ४८ वर्षीय बीर बहादुर मोक्तानलाई प्रहरीले पक्राउ गरेको हाे ।
बीर बहादुरले मंसिर २८ गते राति ढुङ्गा प्रहार गर्दा बिष्णुमाया गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट परवानीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
गम्भीर घाइते भएकी बिष्णुमायाको लालबन्दीस्थित म्याक्स हस्पिटलमा थप उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित










सरकारसँग वार्ता गर्न राष्ट्रियता बचाउ अभियानद्वारा तीन सदस्यीय टोली गठन
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो
उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवस स्वागत समारोहमा सहभागी
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
कतार पठाउन लागेका दुई हात्तीको बिदाइ
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
यु–१९ एसिया कप : नेपालले पहिलो खेलमा श्रीलङ्कासँग खेल्दै
प्रतिक्रिया