मेयर कप टेबलटेनिस बुधबारदेखि

ललितपुर । ललितपुर महानगरपालिका वडा ९ को आयोजनामा छैटौं मेयर कप ललितपुर महानगरपालिका अन्तर वडा टेबलटेनिस प्रतियोगिता बुधबारदेखि हुने भएको छ ।
प्रतियोगितामा ललितपुर महानगरपालिकाका २९ वडा मध्ये २३ वडाबाट ६ सय ३७ खेलाडीको सहभागिता रहने आइतबार आयोजित पत्रकार सम्मेलनमा आयोजक वडा ९ का अध्यक्ष राजु महर्जनले जानकारी गराए ।
प्रतियोगितामा १६ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । सबैमा नगद पुरस्कार राखिएको छ । प्रतियोगिता संयोजक सन्जु अवालेले कुल पुरस्कार राशी ३ लाख ६८ हजार रुपैयाँ रहेको बताए ।
वडा अध्यक्ष महर्जनले मेयर कप रात्रीकालीन भएकोले प्रतियोगिताको छुट्टै आकर्षण र महत्व रहेको बताउदै प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताए ।
प्रतियोगिता सञ्चालन गर्न करिब २१ लाख ८३ हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । छदिने प्रतियोगिताका खेलहरु पाटनको मःछें टोलमा हुनेछ ।











क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
स्वामी परमानन्द सरस्वतीको सम्मानमा संस्मरणात्मक हुलाक टिकट प्रकाशन
काठमाडौंका यी स्थानमा काटिदैछ शनिबार बिजुली
आलितालमा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
प्रतिक्रिया