मलेसियामा सवारीसाधन एकआपसमा ठोक्किँदा ७ जनाको मृत्यु, ३३ घाइते
मेरोन्यूज
२०८१ पुष ९ गते १३:४३

काठमाडौँ। सोमबार राति उत्तरतर्फ जाने उत्तर–दक्षिण एक्सप्रेसवेको आयर केरोह रेस्ट र सेवा नजिक तीनवटा सवारीसाधन एकआपसमा ठोक्किँदा सात जनाको मृत्यु भएको छ भने अन्य ३३ जना घाइते भएका छन् ।
स्थानीय सञ्चारमाध्यमका अनुसार दुर्घटनामा २७ यात्रु बोकेको एउटा टुर बस, एउटा ट्रेलर र टोयोटा बीच भएको थियो ।
स्थानीय प्रहरीका अनुसार मृत्यु हुनेमा तीन पुरुष, तीन महिला र एक बालिका रहेका छन् ।
दुर्घटनाका कारण राजमार्गको दुबै दिशामा १० किलोमिटरभन्दा बढी ट्राफिक जाम भएको थियो ।
दुर्घटनाको कारण अनुसन्धान भइरहेको छ ।
सम्बन्धित














स्रोत नखुलेको रु २७ लाखसहित दुई जना पक्राउ
पहिराले मुख्य राजमार्ग र सडकखण्ड पूर्ण रुपमा अवरुद्ध
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया