क्रिसमसको अवसरमा नामीले ल्यायाे ‘भाटभटेनी विथ नामी’ योजना, ग्राहकलाई सर्प्राइज् गिफ्ट

काठमाडौँ । क्रिसमसको अवसरमा नामीले देशभरका ग्राहकहरूलाई भाटभटेनी सुपर मार्केटमा रोमाञ्चक सर्प्राइजको अनुभव प्रदान गर्ने भएको छ ।
कम्पनीले डिसेम्बर २३ देखि २५ (सोमबारदेखि बुधबार) सम्म , काठमाडौँ उपत्यका र डिसेम्बर २५ मा उपत्यका बाहिरका भाटभटेनीहरूमा आउने ग्राहकहरूलाई लक्षित गरी नामीसँग क्रिसमसमा रमाइलो गर्ने अवसर ल्याएको हो ।
सो अवधिमा ग्राहकहरूले सान्ता क्लॉसलाई भेट्ने, सर्प्राइज उपहारहरू प्राप्त गर्ने र बिग ह्याच विथ फाइभ स्टार लक्जरी, नामीको टेस्ट ड्राइभ गर्ने मौका पाउनेछन्। ‘अ जोइफुल क्रिसमस एट भाटभटेनी विथ नामी’ सोमबारदेखि नै सुरु भइसकेको छ ।
काठमाडौँ उपत्यकाभित्र भक्तपुर, कोटेश्वर, सानागाउँ र टोखाका भाटभटेनी सुपर मार्केटमा उक्त योजना डिसेम्बर २५ सम्म चल्नेछ।
डिसेम्बर २५ (बुधबार) मा काठमाडौँ उपत्यका बाहिर विस्तार भएर नेपालका प्रमुख शहरहरूका भाटभटेनी स्थानहरू वीरगन्ज, विराटनगर, चितवन, पोखरा, र बुटवलमा समेत ग्राहकहरूले यस्को अनुभव लिन पाउने कम्पनीले जनाएको छ ।
काठमाडौँ उपत्यका बाहिर पनि यसमा सहभागीहरूले सान्ता क्लॉसलाई भेट्ने अवसरहरू र विशेष सर्प्राइज उपहारहरू प्राप्त गर्न पाउनेछन् ।
यसबाहेक, ग्राहकहरूले द बिग ह्याच नामीको टेस्ट ड्राइभ गरी यसका लक्जरियस फिचर्स्हरू आफैं अनुभव गर्न सक्नुहुनेछन्। कम्पनीले नामीसँग टेस्ट ड्राइभ र सरप्राइजको रमाइलो उत्सवमा सहभागी हुन आग्रह गरेको छ ।










एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि
निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग
आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु
…अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
एमाले महाधिवेशनमा बन्द सत्र सुरु
विधान संशोधनपछि सुरेन्द्र पाण्डेको आपत्ति : ‘हिजो घटाउने अनि आज बढाऔं भन्नु मनपरी होइन?’
प्रतिक्रिया