नेपाल भलिबल लिगको लोगो सार्वजनिक

काठमाडौं। पुरुष फ्रेन्चाइज नेपाल भलिबल लिग (एनभीएल) को लोगो सार्वजनिक गरिएको छ।
लिगको आयोजक केडिया ग्रुपले मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै फ्रेन्चाइज लिगको लोगो र स्लोगन सार्वजनिक गरेको हो। खेलकुद मन्त्री तेजुलाल चौधरीले लोगो अनावरण र स्लोगन सार्वजनिक गरेका थिए। उचाईको नयाँ उडान स्लोगन रहेको नेपाल भलिबल लिगको पहिलो सिजन आगामी २०२५ मा हुने केडिया ग्रुपले जनाएको छ।
पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता हुने र सिंगल राउण्ड रोविनका आधारमा खेल हुने आयोजकले जनाएको छ।
कार्यक्रममा खेलकुदमन्त्री चौधरीले खेलकुदको माहोल हुँदा पनि पूर्वाधार नहुँदा खेलकुदको सोचेजस्तो विकास हुन नसकेको बताए। नेपाल ओलम्पिक कमिटीको निर्वाचनप्रति लक्षित गर्दै उनले अदालतको आदेश समेत नमान्ने प्रवृति खेल संस्थामा देखिएको भन्दै सबैले ऐन नियम मान्नुपर्ने बताए। उनले सरकारको निर्देशन र कानून नमान्ने खेलकुद संघहरुलाई कडा कारबाही गर्ने चेतावनी दिए।
९ दिनसम्म चल्ने लिगमा कुल १५ खेल हुने र लिगमा शीर्ष दुई स्थानमा रहने टोलीबीच फाइनल खेल हुनेछ। कार्यक्रममा श्रीलंकामा भएको काभा यू–२० पुरुष भलिबलको रजत विजेता नेपाली यू–२० राष्ट्रिय टोलीका सदस्यलाई नगद सहित सम्मान गरिएको थियो।
















पीएम कप : गण्डकीमाथि बागमतीको शानदार जित
मंगलबार पनि बढ्याे नेप्से, २३ अंकले बढ्दा १४ अर्ब ८३ करोडकाे काराेबार
कांग्रेसले जिम्मेवार भएर प्रतिपक्षको भूमिका निर्वाह गर्छः सभापति थापा
इराकमा हवाई आक्रमण,हसद अल–शाबीका १५ जना लडाकु मारिए
ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
निवर्तमान सभापति देउवा सिङ्गापुरबाट हङकङ प्रस्थान
प्रतिक्रिया