मोरङमा अचेत अवस्थामा भेटिएकी महिलामाथि बलात्कार भएको खुलासा, ३ जना पक्राउ
मेरोन्यूज
२०८१ पुष १० गते १२:२८

काठमाडौं। मोरङको कटहरी गाउँपालिका-२ मा अर्धचेत अवस्थामा फेला परेकी महिलाको बलात्कार भएको खुलासा भएको छ ।
मंगलबार मोरङको जहदा गाउँपालिका-३ की २३ वर्षीय महिला घरदेखि करिब २ किलोमिटर टाढा कटहरी गाउँपालिका-२ मा पर्ने खेतबारीको बीचमा रहेको बाँसको झ्याङमा सलले मुख थुनेर हातखुट्टा बाँधेको अवस्थामा अचेत अवस्थामा फेला परेकी थिइन् । प्रहरीले उनको उद्धार गरी कोशी अस्पताल भर्ना गरेको थियो ।
होस खुलेपछि ती महिलाले आफूमाथि बलात्कार भएको बयान दिएकी हुन् । उनको बयानका आधारमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा कटहरी गाउँपालिका-२ का १९ वर्षीय मोहम्मद रमजान सोही स्थानका १९ वर्षीय सोनुकुमार साह र भारतको अररीया कुशाकट्टा बस्ने १९ वर्षीय मो गुल्जार छन् ।
यस घटनामा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।
सम्बन्धित

















Nepal’s Cooperatives at Risk: Legal Concerns over RSP’s Policy
निर्वाचन आयाेगले भन्याे– निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग नगर्नु/नगराउनू
सशस्त्र प्रहरीका २३ बरिष्ठ उपरीक्षकहरु निर्वाचन अनुगमनमा
कांग्रेसको प्रतिज्ञापत्र : यस्ता छन् गैरआवासीय नेपालीका मुद्दा
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
रुसको बैकाल तालकाे हिउँमा बस डुब्दा सात चिनियाँ पर्यटकको मृत्यु
प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन, निर्वाचन सफल पार्न निर्देशन
प्रतिक्रिया