‘आवश्यकताका आधारमा योजना छनोट गर्नुपर्छ’

मनहरी । बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री श्यामबहादुर खड्काले आवश्यकताका आधारमा योजना छनोट गर्नुपर्नेमा उनले जोड दिएका छन्।
यहाँको मकवानपुरगढी गाउँपालिका–४ स्थित वाइवाडाँडा लिफ्टिङ सिँचाइ उपभोक्ता समितिले निर्माण गर्न लागेको ट्यांकीको शिलान्यास गर्दै बुधबार उनले व्यक्ति–व्यक्तिले योजना माग गर्दा कार्यान्वयन फितलो भएको बताए।
निर्वाचित जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, स्थानीय उपभोक्ताको छलफलबाट अधिकतम लाभ हुने योजना छनोट गर्नुपर्ने मन्त्री खड्काको भनाइ छ । सम्पन्न भइसकेका योजनाको संरक्षण र सदुपयोगमा ध्यान दिनसमेत उनले आग्रह गरे।
ट्यांकी निर्माण पश्चात् तीन सय रोपनी जमिनमा सिँचाइको सुविधा पुग्ने जनाइएको छ । कूल २० लाखको लागतमा एक लाख ५० हजार लिटर क्षमताको ट्यांकी निर्माण गर्न लागिएको समितिका अध्यक्ष राजकुमार योञ्जनले जानकारी दिए।
ट्यांकी निर्माण पश्चात् तीन ठाउँबाट पानी वितरण गर्न थप एक करोडको आवश्यक रहेको समितिले जनाएको छ ।
















यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
इरान युद्ध अन्त्यका लागि अमेरिकी वार्ता टोली शनिबार पाकिस्तान प्रस्थान
प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री शाहबीच भेट
आज विश्व औलो दिवसः नेपालमा आयातित औलोका बिरामी बढी
संसदका दुवै सदनको अधिवेशन आह्वान
नेपाल ‘ए’ ओमानसँग पराजित
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
प्रतिक्रिया