धरहरा चढ्दा आइफिल टावर चडेको अनुभव भयो : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको पुनिर्माण सम्पन्न भएको बताएका छन् । आज एक कायक्रममा बीच धरहरा उदघाटन भए पनि बाँकी काम छिट्टै सम्पन्न गर्न प्रधानमन्त्री ओलीले सबैलाई आग्रह गरे ।
‘धरहरा बनाउन सबैको धेरै मेहनत गरेको छ, आफ्नो ठाउँबाट सबैले काम गर्नु भएको छ, अब बाँकी काम पनि छिट्टै सम्पन्न गर्ने प्रयात्न हुने छ,’ प्रधानमन्त्री ओलीले भने, ‘आज राति पनि मैले हेरिरहेको थिएँ, राति पनि काम भइरहेको थियो, कोही बढार्ने–कोही रंग लगाउने काम गरिरहेका थिए ।’
धरहरा एउटा नेपालको गौरव र इतिहाससँग जोडिएको प्रधानमन्त्री ओलीले बताए । उनले आफूले तत्कालीन अवस्थामा धरहरा बनाउने घोषणा गरेसँगै एक जना व्यक्तिले हजार रुपैयाँ दिएर धरहरा बनाउन सहयोग गरेको स्मरण गरे । ‘मैले धरहरा भएको ठाउँमा आएर यसको निर्माण गर्ने प्रतिबद्धता गरेँ, त्यही क्रममा एक जना सर्वसाधरणले हजार रुपैयाँ दिएर सहयोग गर्नु भयो,’ उनले भने, ‘धरहरा बनाउन सर्वसाधरहरुले पनि करिब २४ करोड सहयोग गर्नु भएको छ, यो सबैको गौरवको कुरा हो ।’
प्रधानमन्त्री ओलीले अहिले निर्माण भएको धरहरा पुरानौ शैलीकै भए पनि आधुनिकता झल्किएको बताए । उनले धरहरा बनाउनका लागि धेरै कामहरुमा आफूले गम्भीर भूमिका निभाएको बताए ।
‘धरहरा चढ्दा मलाई अलिअलि आइफिल टावर चडेको अनुभव भयो, गर्मी महिनामा धरहरा चढ्यो भने आनन्द हुन्छ,’ प्रधानमन्त्र ओलीले भने, ‘यहाँबाट काठमाडौँको सुन्दर दृष्यहरु देखिन्छ ।’
















भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह
Two arrested for cheating people of Rs 1.75 million
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक राष्ट्रियसभाबाट पारित
NC President Thapa calls for addressing public discontent and anger through reform
आजदेखि चलचित्र ‘रमिताको पिरती’ र ‘कुमारी’ प्रदर्शनमा
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
साफ यु–२० च्याम्पियनसिपको खेल तालिका सार्वजनिक
प्रतिक्रिया