धान खेत मासेर कागतीखेतीमा रमाउँदै किसान

देउखुरी (दाङ) । धानले झुल्ने खेत यतिबेला लटररम्म कागतीदाना पहेंलै भएका छन् । बिरुवाले रोपेको दुई वर्षमा फल दिन थालेपछि किसानको मुहारमा खुसी छाएको छ । घोराही उपमहानगरपालिका–६ बचाहाका भीमप्रसाद खनालले व्यावसायिक रुपमा कागतीखेती गरेका छन् । विष्णुदेवी बहुउद्देश्यीय कृषि तथा पशुपन्छी फर्मको नामको फाम दर्ता गरेर व्यावसायिक कागती खेती गरेको उनले बताए ।
उनले आफ्नो १२ कट्ठा जमिनमा पाँच वर्ष अघि रोपेका सुन कागतीले रोपेको दोस्रो वर्षदेखि फल दिन थालेका छन् । उनको फार्म रहेको जमिनमा तारजाली लगाउनु भएको छ । बिरुवा र तारबार गर्दा ८ लाख लगानी लागेको बताए।
“सिँचाइ सुविधा नभएकाले धानखेती गर्न साह्रै गाह्रो भयो, मेहनतअनुसारको उत्पादन भएन, उनले भने, “त्यसैले धानखेत मासेर कागती लगाएको हुँ ।” उनको बारीमा अहिले लटरम्म कागती फलेर पाकेका छन् ।
कागतीलाई बजारको समस्या छैन, समयमा बीउमल नपाइएला कि भन्ने पनि छैन, उनले भने, “कम मेहनत र थोरै लगानीमा बजार पनि राम्रो छ ।” उनले दुई सय ६५ कागतीका बोटबाट वार्षिक पाँच लाखसम्म आम्दानी हुने गरेको बताए। बाँकी खेतमा तिहारका लागि रोपेको फूल बिक्री गरेर ७० हजार आम्दानी गरेको उनले बताए। उत्पादन भएको कागती घोराही वजारमा बिक्री हुने गरेको छ । फुटकर किलोमा एक सय रुपैयाँ र थोकमा चार सय रुपैयाँमा पाँच किलो बिक्री हुने गरेको उहाँले बताए। दैनिक ५० किलो बिक्री गर्ने गरेको उनले बताए।
कागती फलेको समयमा सस्तो मूल्यमा बिक्री गर्नेुपर्ने बाध्यता रहेकाले कागती भण्डारणका लागि चिस्यान केन्द्र भएमा सजिलो हुने उनको भनाइ छ । स्थानीय, प्रदेश सरकारले चिस्यान केन्द्रका लागि सहयोग गर्न पनि आग्रह गरेका छन् । पाकेको कागती लामो समयसम्म घरमा राख्न नसकिने र नजिकमा चिस्यान केन्द्र नहुँदा व्यापारीले भनेको मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता रहेको उनले बताए।
कृषि ज्ञान केन्द्र दाङका अनुसार दाङमा व्यावसायिक रुपमा कागतीखेती गर्ने किसानको संख्या बर्सेनि बढ्दै गएको छ । कुनैबेला घरायसी प्रयोजनका लागि दुई ÷चार बोट लगाउनेहरुले अहिले व्यावसायिक रुपमा कागतीखेती गर्न थालेका छन् । तीन वर्षअघि ५० हेक्टर क्षेत्रफलमा कागतीखेती गरिँदै आएको थियो, अहिले २९१ हेक्टरमा कागतीखेती हुने गरेको छ ।
ज्ञान केन्द्रका कृषि अर्थ विज्ञ तथा सूचना अधिकारी पृथ्वीराज लामिछानेका अनुसार अहिले ११० हेक्टरमा वार्षिक ५६० मेट्रिकटन कागती उत्पादन भइरहेको छ । सुन कागतीले रोपेको दुइ वर्षभित्रमा आम्दानी दिन थालेपछि व्यावसायिीक रुपमा खेती गर्नेको सङ्ख्या बढ्दै गएको उनले बताए।
बजारमा कागतीको माग दैनिक बढ्दै गएपछि पछिल्लो समय जिल्लामा कागती खेतीलाई नगदेबालीका रूपमा समेत किसानले लिन थालेका छन् । पछिल्लो समय धेरै किसान व्यावसायिक कागती खेतीमा लागेको उनी बताउछन् । सूचना अधिकारी लामिछानेले भने, “अन्य बालीको तुलनामा कम लगानी र मेहनतबाटै राम्रो आम्दानी लिन सकिने र बिक्रीका लागि बजारको पनि समस्या नहुँदा धेरै जना किसान कागतीखेतीप्रति आकर्षण बढेको छ ।














गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा ल्याउन माग
प्राकृतिक उपचारका लागि सिंगा तातोपानी
एनआरएनए अध्यक्षमा शर्माको नाममा सहमति
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
प्रतिक्रिया