मंगलबार, वैशाख १६, २०८२

शोभा पाठकलाई साइबर क्राइममा ५ वर्ष कैदको माग गर्दै मुद्दा दर्ता

मेरोन्यूज २०८१ पुष ११ गते १५:४१

काठमाडौं । शोभा पाठक भन्ने जानुका पाठकविरुद्ध साइबर क्राइमको कसुरमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको छ।

धादिङको ज्वालामुखी गाउँपालिका ७ घर भई हाल सितापाइला बस्ने पाठकलाई पक्राउ गरेर प्रहरीको स्वयम्भू वृत्तले अनुसन्धान गरेको थियो।

राजकुमार त्रिपाठीले उनीविरुद्ध मंसिर १२ गते जाहेरी दिएका थिए। जाहेरीमा पाठकले सामाजिक सञ्जालमार्फत बेइजत र मदनामी गरी सामाजिक जीवन नै समाप्त गरिदिएको आरोप लगाएका थिए।

प्रतिक्रिया