आफूलाई निष्काशन गर्ने निर्णयको विरोधमा उत्रिन भीम रावलको अपिल

काठमाडौँ । नेकपा एमालेबाट आफूलाई निष्कासन गर्ने पार्टी अध्यक्ष केपी ओलीको निर्णयको विरोध गर्न भीम रावलले एमालेका कार्यकर्ताको साथ खोजेका छन् ।
बिहीबार सामाजिक सञ्जाल एक्समा लेख्दै रावलले आफूलाई निष्कासन गर्ने एमाले सचिवालय बैठकको निर्णयको विरोधमा सोही पार्टीका कार्यकर्ताको समर्थन खोजेका हुन् ।
‘सबै देशभक्त, न्यायप्रेमी, सुशासन, सुनिश्चित प्रणाली तथा जनताको समृद्धि र उज्यालो भविष्यप्रति प्रतिबद्ध इमान्दार पार्टी कार्यकर्ता र जनसमुदायले केपी ओलीको अन्यायपूर्ण निर्णयको विरोध गर्नेमा म विश्वस्त छु,’ रावलले एक्समार्फत भनेका छन् ।
पार्टी सदस्यबाट आफूलाई हटाउने निर्णयलाई रावलले ओलीको निरकुंश, स्वेच्छाचारी र तानाशाही भनेका छन् । बुधबार बसेको एमाले सचिवालय बैठकले रावललाई पार्टी सदस्यताबाट हटाउनुका साथै बिन्दा पाण्डे र उषाकिरण तिम्सेनालाई ६ महिनाका लागि निलम्बन गरेको थियो ।

















महाशिवरात्रिः पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लामो लाम
अधिकांश दलले सार्वजनिक गरे निर्वाचन घोषणापत्र
जन अपेक्षा पुरा गर्दै देश सम्हाल्ने विषय मुख्य : सभापति थापा
काठमाडौँका सबैै स्थानीय तहमा मतदाता शिक्षा सुरु
नेपाल राष्ट्र बैंक ऐन दशौँपटक संशोधनको तयारी, मस्यौदामाथि सार्वजनिक सुझाव माग
प्रधानसेनापतिसँग युवा आदानप्रदान कार्यक्रममा सहभागीको भेट
निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्धबारे राष्ट्रपतिले लिए जानकारी
प्रधानमन्त्रीद्वारा सोलुखुम्बुलगायत क्षेत्रमा निर्वाचन तयारीबारे जानकारी
शुक्रबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
प्रतिक्रिया