सम्पदालाई न्यायोचित रुपमा प्रयोग गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह

चितवन । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले हाम्रा सम्पदालाई न्यायोचित रुपले बढीभन्दा बढी प्रयोग गर्नुपर्ने बताएका छन् । पूर्वी चिवतनको सौराहामा आजदेखि शुरु भएको १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सवको उद्घाटन गर्दै उनले नेपालमा भएका संस्कृति र सम्पदाको न्यायोचित प्रयोग गर्न आवश्यक रहेको बताएका हुन् ।
उनले भने, “देशमा भएका साधनस्रोतलाई न्यायोचित तवरले देशको हित र अर्थतन्त्रलाई चलायमान गर्ने गरी बढीभन्दा बढी प्रयोग गर्नुपर्छ ।” स्थानीय उत्पादनलाई प्रोत्साहन दिँदै महोत्सवलाई भरपुर उपयोग गर्नुपर्ने मन्त्री सिंहले बताए । महोत्सवमा हात्तीको शृङ्गार प्रतियोगिता, हात्ती वनभोज, हात्तीको फुटबल पेनाल्टी प्रतियोगिता, हात्तीको म्युजिकल वाक, हात्तीको स्वास्थ्यपरीक्षण गरिने महोत्सवका संयोजक रामकुमार अर्यालले बताए ।
त्यसैगरी पालिकास्तरीय डुङ्गा दौड प्रतियोगिता, स्वदेशी तथा विदेशी टुर एण्ड ट्राभल एजेन्सीसँग गोष्ठी, चितवनमा पर्यटनको सम्भावना हिजो र आज विषयक अन्तक्र्रिया जस्ता कार्यक्रमम गरिने जनाइएको छ । महोत्सवमा ८० वटा हात्ती सहभागी गराइने क्षेत्रीय होटल सङघ सौराहाका अध्यक्ष गङ्गा गिरीले जानकारी दिइन् ।
















इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
पर्यटकका रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड
बिक्री हुन थाल्यो तम्घासमा फोहोर
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
नवलपुरका अधिकांश स्थानीय तहमा पठनपाठन सुरु
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
यूएईसँगको खेलमा नेपाल पराजित
प्रतिक्रिया