बागमती प्रदेश सरकारद्वारा चार सचिवको पदस्थापन

काठमाडौं । बागमती प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले सङ्घीय सरकारबाट सरुवा भइ आएका तीन र प्रदेशमा हालै बढुवा भएका एक सचिवको पदस्थापन गर्ने निर्णय गरेको छ ।
प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेका अनुसार सङ्घीय सरकारले सरुवा गरी पठाएका डा। सुमित्रा गौतम, वीरेन्द्रदेव भारती र रितेशकुमार शाक्यलाई पदस्थापन गर्ने निर्णय गरेको छ भने प्रदेश निजामती ऐन अनुसार ११ औं तहमा बढुवा भएका खुविराम अधिकारीलाई पदस्थापन गर्ने निर्णय गरेको हो ।
प्रदेश प्राविधिक तथा व्यावसायिक एवम् तालिम परिषद्को प्रमुख कार्यकारी निर्देशकमा नुवाकोटकी शान्ति लामालाई नियुक्ति गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता सुरजचन्द्र लामिछानेले जानकारी दिए ।
स्वास्थ्य संस्था आशयपत्र सेवा सञ्चालन अनुमति एवं नवीकरण स्तरोन्नतिसम्बन्धी मापदण्ड २०८१, वार्षिक आयोजना छनोट कार्यविधि २०७८ संशोधन, तालिम सञ्चालनसम्बन्धी कार्यविधि २०८१ र प्रविधि हस्तान्तरणसम्बन्धी कार्यक्रम २०८१ लाई मन्त्रिपरिषद् अन्तर्गतको समितिमा छलफलका लागि पठाउन स्वीकृति प्रदान गर्ने निर्णय गरिएको प्रवक्ता मन्त्री लामिछानेले बताए।
















SAFF Women’s U-19: Bangladesh defeats India by 2-0
नेपालमा जापानी लगानीकर्तालाई आमन्त्रण गर्न चाहन्छौँः राष्ट्रपति पौडेल
निशुल्क आँखा शिविरबाट दमौलीमा ८९ जनाको शल्यक्रिया
राष्ट्रियसभाबाट तीन अध्यादेश स्वीकृत
PM Karki’s first address to NA, assures impartial election on scheduled date
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
प्रतिक्रिया