इपिएलः लिभरपुलले बनायो फराकिलो अग्रता
मेरोन्यूज
२०८१ पुष १२ गते ६:५३

काठमाडौं । इङ्लिस प्रिमियर सिपमा लिभरपुलले शीर्ष स्थानमा आफ्नो पकड बलियो बनाउँदै लगेको छ। बिहीबार राति भएको खेलमा लिभरपुलले लिसेस्टर सिटीलाई ३–१ ले हराउँदै दोस्रो स्थानमा रहेको चेल्सीलाई ७ अङ्कले पछि छाडेको छ। तालिकामा लिभरपुलको ४२ तथा चेल्सीको ३५ अङ्क छ।
यसअघिका ७ मध्ये ५ खेलमा पराजित भएको लिसेस्टरले छैटौँ मिनेटमा जोर्डन आयुको सानदार गोलमा अग्रता लिएको थियो। एन्डी रोबर्टसन र मोहम्मद सलाहको प्रहार गोल पोस्टमा लागेपछि निराश भएको लिभरपुलका लागि पहिलो हाफमै इन्जुरी समयमा कोडी गाक्पोले गोल गरेका थिए।दोस्रो हाफको चौथो मिनेटमा एलक्सिस म्याक्स एलिस्टरको पासलाई गोलमा परिणत गर्दै कर्टिन जोन्सले लिभरपुललाई अग्रता दिलाए। ८२ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुलको जित पक्का गरे। सो गोल उनको सिजनको १९ औं गोल हो।
सम्बन्धित









कैलालीमा खैरो हेरोइनसहित ४ जना पक्राउ
विद्युत् नियमन आयोगलाई साफिरको सदस्यता लिन स्वीकृति
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
माडी–ठोरी सडकखण्डमा निर्माण अलपत्र पुलको ठेक्का तोडियो
पर्यटन प्रवर्द्धन गर्न जोड्न पोखरामा दाइँ महोत्सव
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध मुस्लिम महिलाको गम्भीर आपत्ति : विरोधमा कार्यक्रम गर्दै
प्रतिक्रिया