टेबलटेनिस मेयर कपमा ललितपुर–७ लाई स्वर्ण

काठमाडौँ । छैटौँ मेयर कप ललितपुर महानगरपालिका अन्तर वडा टेबलटेनिस प्रतियोगिताको ‘टिम इभेन्ट’मा पुरुषतर्फ ललितपुर महानगरपालिका–७ ले स्वर्ण पदक जितेको छ ।
स्वर्ण विजेता खेलाडी टोलीमा डिकेन महर्जन, एलेक्स महर्जन, एलेन महर्जन, मिजेन शाक्य र निकेश जोशी छन् । ज्याकी महर्जन टोली प्रशिक्षकको जिम्मेवारीमा छन् । पाटनमा आज भएको फाइनल खेलमा वडा नं ७ ले वडा नं ८ लाई ३–१ ले पराजित गर्यो । वडा नं ७ ले पहिलो सिङ्गल्स गुमाए पनि खेलमा पुनरागमन गर्यो र लगातार तीन सिङ्गल्स जित्दै स्वर्ण पदक हात पारेको हो ।
पहिलो सिङ्गल्समा एसियाली खेलकुदमा सहभागिता जनाइसकेका वडा नं ८ का रुविन महर्जनले वडा नं ७ का डिकेनलाई ११–५, ११–७, १०–१२ र ११–४ को सेटमा पराजित गरे । अन्य सिङ्गल्समा वडा नं ७ का एलेक्सले विपुल महर्जनलाई ११–८, ९–११, ११–५ र १५–१३ तथा रुविनलाई ११–९, ११–८, ८–११ र ११–७ को सेटमा हराए । एलेनले ज्ञानेश्वर महर्जनलाई ७–११, ११–६, ११–५ र ११–६ को सेटमा पाखा लगाए ।
ललितपुर महानगरपालिका वडा नं ९ द्वारा आयोजित प्रतियोगिताको ‘टिम इभेन्ट’ मा महिलातर्फ वडा नं १७ ले स्वर्ण, वडा नं ८ ले रजत तथा वडा नं १९ र १६ ले कास्य पदक जितेको छ । पुरुष भेट्रान टिम इभेन्टमा वडा नं २० पहिलो, वडा नं १६ दोस्रो र वडा नं ११ र ९ तेस्रो भएका छन् ।
















एशियाली व्यापार एकीकरणका आधारहरू बलियो हुँदैः प्रतिवेदन
काठमाडौँ विश्वविद्यालय अमेरिकाको ‘एचई उच्च शिक्षा र्याङ्किङ’मा १२२ औँ स्थानमा
एनआईसी एसिया बैंक र स्तुपा कम्युनिटी हस्पिटलबीच छुट सम्झौता
निर्वाचनमा प्रयोग नभएका ४० प्रतिशत मतपत्र धुल्याइने
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
प्रतिक्रिया