भारतका पूर्वप्रधानमन्त्री सिंहको राजकीय सम्मानका साथ आज अन्त्येष्टि गरिँदै

एजेन्सी । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको राजकीय सम्मानका साथ आज (शनिबार) अन्त्येष्टि गरिँदैछ ।
उनको अन्तिम संस्कार नयाँ दिल्लीको निगमबोध घाटमा हुने भारतको गृह मन्त्रालयलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन् । यद्यपि विपक्षी दल कंग्रेसले सिंहको अन्त्येष्टि र श्रद्धाञ्जलीका लागि उपयुक्त ठाउँको माग गरेको छ ।
अहिले कांग्रेस सहित अन्य दलले सरकारको यो निर्णयको विरोध गरिरहेका छन् । तर, गृह मन्त्रालयले मनमोहन सिंहको स्मारक निर्माण गर्न अनुमति दिएको खबरमा उल्लेख छ । सिंहको गत बिहीवार राति ९२ वर्षको उमेरमा निधन भएको हो । उनको निधनमा सरकारले शुक्रबार सात दिनको राजकीय शोक मनाउने घोषणा गरेको थियो ।
उनी भारतको शीर्ष पदमा पुग्ने पहिलो शिख समेत हुन् । सन् २००४ देखि २०१४ सम्म प्रधानमन्त्रीको कार्यभार सम्हालेका सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय भएको हो । शोक आउँदो जनवरी १ तारिख सम्म मनाइनेछ ।
त्यस्तै, राष्ट्रिय झण्डा आधा झुकाइनेछ । मनमोहन सिंहलाई आर्थिक उदारीकरणका शिल्पकार मानिन्छ । सिंहले कर कटौती, रुपैयाँको अवमूल्यन, राज्य द्वारा सञ्चालित कम्पनीहरूलाई निजीकरण र विदेशी लगानीलाई प्रोत्साहन गर्ने काम गरेका थिए ।
















इरान युद्धले विश्व अर्थतन्त्रमा दबाब
लहानमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
इरान युद्ध अन्त्यका लागि अमेरिकी वार्ता टोली शनिबार पाकिस्तान प्रस्थान
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
प्रतिक्रिया