रामेछापमा टिपरबाट खसेर एक जनाको मृत्यु
मेरोन्यूज
२०८१ पुष १४ गते १६:४२

रामेछाप। रामेछापमा टिपरबाट खसेर एक जनाको मृत्यु भएको छ ।
मन्थली नगरपालिका-१ भैसेश्वरस्थित सडकमा सुकाजोरबाट सालुतर्फ जाँदै गरेको प्रदेश ३-०१-००३ क ९७६३ नम्बरको टिपरबाट खसेर सोही नगरपालिका-४ सालु अर्चले बस्ने ३२ वर्षीय नारायण बस्नेतको आइतबार दिउँसो मृत्यु भएको हो ।
टिपरबाट खसेर गम्भीर घाइते भएका उनको मन्थली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिइ दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया