मंगलबार, चैत ३, २०८२

यस्तो छ आजको मौसम पूर्वानुमान

मेरोन्यूज २०८१ पुष १५ गते ७:५९
lztnx/;lxtsf] x’:;’ ;’g;/L, @$ k’; M ;’g;/Lsf] Og?jfdf dËnaf/ laxfg nfu]sf] afSnf] x’:;’ . s]xL lbgb]lvsf] lztnx/;lxtsf] lr;f]n] hghLjg k|efljt 5 . tl:a/ M gjLg u8\tf}nf÷/f;;

काठमाडौं ।जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफा रहेको छ ।आज दिउँसो कोशी प्रदेशको हिमाली क्षेत्रमा आंंशिक बदलीको सम्भावना रहेको छ भने पहाड र तरार्इका भुभाग सामान्यतया मौसम सफा रहनेछ ।

आज राति कोशी र गण्डकी प्रदेशमा आंशिक बदली रही केही स्थानमा हिउँ पर्नेछ भने पहाड र तराईमा  सामान्यतया सफा रहनेछ ।

आगामी २४ घण्टामा कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

बिहानको समयमा तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु लाग्नुका साथै तराईका केही स्थानमा कुहिरोको समेत सम्भावना रहेकाले सो समयमा दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आज सूर्योदय बिहान ६ बजेर ५४ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर १९ मिनेटमा हुनेछ ।

प्रतिक्रिया