छुट्टाछुट्टै स्थानमा ६ जना मृत अवस्थामा फेला

काठमाडौँ । विभिन्न जिल्लामा ६ जना मृत अवस्थामा फेला परेका छन् । सुनसरी, दाङ, धनुषा लगायतका जिल्लामा ६ जना मृत अवस्थामा फेला परेका हुन् । सुनसरीको रामधुनी नगरपालिका–७ स्थित लटर होली तालमा सोही ठाउँ बस्ने ७२ वर्षीय भद्र लिम्बु आइतबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै दाङको गढवा गाउँपालिका–६ स्थित पानी भएको कल्भर्टमा सोही गाउँपालिका–६ सर्वोदय चोक बस्ने ६५ वर्षीया ढोढी कुमाल मृत अवस्थामा फेला परेकी छिन् । उनी आइतबार मृत फेला परेकी हुन् ।
उता धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१६ महुवा टोलस्थित महुवा महादेव मन्दिर नजिकै बाटो छेउमा सोही उपमहानगरपालिका–१६ कपिलेश्वर बस्ने ७० वर्षीय नरेश यादव सोमबार मृत अवस्थामा फेला परेका छन् ।
त्यसैगरी अर्घाखाँचीको शितगंगा नगरपालिका–३ ठाडा डेरा गरी बस्ने कपिलवस्तु नगरपालिका–७ हरीपुर घर भएका ३३ वर्षीय गणेश सिंह आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन् । उनी सोमबार मृत फेला परेका हुन् ।
त्यस्तै सोमबार दोलखाको गौरीशंकर गाउँपालिका–४ बस्ने ३५ वर्षीय ओम्बा छिरीङ शेर्पा सोही गाउँपालिका–४ किस्पानस्थित सडक नजिकै मृत अवस्थामा फेला परेका छन् ।
यता पर्साको वीरगंज महानगरपालिका–१७ स्थित खेतमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २५ वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जानकारी दिएको छ ।
















गैरीगाउँको सुकुमबासी बस्ती खाली गरियो
प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री शाहबीच भेट
आज विश्व औलो दिवसः नेपालमा आयातित औलोका बिरामी बढी
दूधमतीमा भव्य शाही स्नान, साँझ सवा लाख दीप जलाइने
कालीगण्डकी नदीले बगाउँदा एक बालकको मृत्यु
नेपाल ‘ए’ ओमानसँग पराजित
संसदका दुवै सदनको अधिवेशन आह्वान
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
दीपक भट्ट र सुलभ अग्रवाललाई ७ दिन म्याद थप
प्रतिक्रिया