छुट्टाछुट्टै स्थानमा ६ जना मृत अवस्थामा फेला

काठमाडौँ । विभिन्न जिल्लामा ६ जना मृत अवस्थामा फेला परेका छन् । सुनसरी, दाङ, धनुषा लगायतका जिल्लामा ६ जना मृत अवस्थामा फेला परेका हुन् । सुनसरीको रामधुनी नगरपालिका–७ स्थित लटर होली तालमा सोही ठाउँ बस्ने ७२ वर्षीय भद्र लिम्बु आइतबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै दाङको गढवा गाउँपालिका–६ स्थित पानी भएको कल्भर्टमा सोही गाउँपालिका–६ सर्वोदय चोक बस्ने ६५ वर्षीया ढोढी कुमाल मृत अवस्थामा फेला परेकी छिन् । उनी आइतबार मृत फेला परेकी हुन् ।
उता धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१६ महुवा टोलस्थित महुवा महादेव मन्दिर नजिकै बाटो छेउमा सोही उपमहानगरपालिका–१६ कपिलेश्वर बस्ने ७० वर्षीय नरेश यादव सोमबार मृत अवस्थामा फेला परेका छन् ।
त्यसैगरी अर्घाखाँचीको शितगंगा नगरपालिका–३ ठाडा डेरा गरी बस्ने कपिलवस्तु नगरपालिका–७ हरीपुर घर भएका ३३ वर्षीय गणेश सिंह आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन् । उनी सोमबार मृत फेला परेका हुन् ।
त्यस्तै सोमबार दोलखाको गौरीशंकर गाउँपालिका–४ बस्ने ३५ वर्षीय ओम्बा छिरीङ शेर्पा सोही गाउँपालिका–४ किस्पानस्थित सडक नजिकै मृत अवस्थामा फेला परेका छन् ।
यता पर्साको वीरगंज महानगरपालिका–१७ स्थित खेतमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २५ वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जानकारी दिएको छ ।










एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि
निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग
आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु
…अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक
एमाले महाधिवेशनमा बन्द सत्र सुरु
प्रतिक्रिया