विदेशमा उपचार गर्न जान मानेनन् मोहन बैधले, ३/४ दिनमा डिस्चार्ज हुने

काठमाडौं। क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्यले बिदेशमा उपचार गर्न अस्विकार गरेका छन् ।
बिगत १६ दिनदेखि शिक्षण अस्पतालमा उपचाररत बैधले बिदेशमा उपचार गर्न अस्विकार गरेको उनको उपचारमा सहयोगी भुमिका खेलिरहेका नेता हरिभक्त कडेँलले बताए ।
हरेक वर्ष दम बल्झिएपछि उपचारका लागि विदेश जाने शुभेच्छुकले दिएको सुझावलाई महासचिव वैद्यले अस्विकार गरेको उनको भनाइ छ । ‘यहीँ नेपाल राम्रा र दक्ष चिकित्सकहरू हुनु हुदोँरहेछ, उपचारका लागि नै भनेर किन विदेश जानुपर्यो भनेर उहाँले कुरा गरे पछि यहीँ उपचार गरिरहेका छौं,’ उनले सञ्चारकर्मीसँग भने ।
दम बढेपछि उनी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा दुइ हप्ता बढी समय देखी उपचार गरिरहेका छन। उनलाई दमसँगै निमोनिया देखिएपछि ५ दिनदेखि आईसीयूमा राखेर उपचार गरिरहेको कँडेलले जानकारी बताए । उनका अनुसार पार्टीले वैद्यको उपचारका लागि कँडेलको संयोजकत्वमा समिति नै गठन गरेर काम गरिरहेको छ ।
कडेँलका अनुसार उनको स्वास्थ्य अवस्थामा धेरै नै सुधार भइरहेको छ । उनका अनुसार यही अवस्था रहेमा चार–पाँच दिनपछि डिस्चार्ज गरिनेछ । डा. निरज बमको टिमले वैद्यको उपचार गरिरहेको छ ।














Over 20 killed in train accident at China-backed project in Thailand
सेयर बजारमा झिनो अंकको सुधार
सुमन सायमीको समूह नेकपामा समाहित
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
कांग्रेस विशेष महाधिवेशन : निर्वाचन कार्यतालिका संशोधन
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
नेपोबेबीको राज देखेर जनता रिसाएकै हुन् – गगन थापा
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
प्रतिक्रिया