प्रधानमन्त्री ओली भए पनि नीतिगत नेतृत्व कांग्रेसले गरिरहेको छ: सिटौला

काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भए पनि नीतिगत नेतृत्व भने कांग्रेसले गरिरहेको बताएका छन्।
राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा मंगलबार काठमाडौंको क्षेत्रपाटीमा आयाेजित एक कार्यक्रममा बाेल्दै सिटाैलाले यस्ताे बताएका हुन् । ‘अहिले कांग्रेस र एमालेको संयुक्त सरकार छ, प्रधानमन्त्री केपी ओलीजी हुनुहुन्छ। तथापि नीतिगत नेतृत्व कांग्रेसले गरिरहेको छ’, उनले भने ।
राज्य सञ्चालनको नेतृत्व प्रधानमन्त्री ओलीले गरे पनि नेपाली जनतालाई अघि बढाउने नीतिगत नेतृत्व कांग्रेसले नै गरेको सिटौलाकाे भनाइ छ ।
‘जनताका तमाम समस्यालाई समाधान गरेर बलियो नेपाल निर्माण गर्नुछ। गरिब जनताको आर्थिक प्रगति गर्नुछ। पछाडि परेका जनतालाई अगाडि ल्याउनुछ। दलित, महिला, पिछडिएका क्षेत्रका तमाम समस्या समाधान गरेर आर्थिक प्रगतिको पक्षमा नेपाली कांग्रेस पार्टीले नै देशलाई डोहोर्याउनुछ,’ उनले भने।

















ICC Men’s T20 World Cup: Nepal to bat first
पर्वले आपसी सद्भाव र एकताको सन्देश प्रवाह गर्छः सभापति थापा
Two die in Rautahat road accident
एम्बुलेन्सको भाडा बढेपछि जुम्लाका स्थानीयले गरे विरोध
18 days to HoR elections: Voter education programme up to March 1 beginning today
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
4 die, 5 injured in firing incidents in Karachi
बागलुङमा स्कूल बस दुर्घटना : २३ विद्यार्थी घाइते, ३ को अवस्था गम्भीर
हिमाली र पहाडी जिल्लामा पनि फागुन २१ मै निर्वाचन : प्रधानमन्त्री कार्की
इटालीसँग नेपालको लज्जास्पद हार
प्रतिक्रिया