पर्यटकीयस्थल भेडेटारमा चहलपहल

धरान (सुनसरी) । पर्यटकीयस्थल भेडेटारमा सुरु भएको ‘फुड फेस्टिभल’ मा आउने स्वदेशी तथा विदेशी पर्यटकको उल्लेखीय उपस्थितिका कारण अहिले त्यस क्षेत्रमा चहलपहल बढेको छ ।
होटल एसोसिएसन भेडेटारको आयोजनामा सुनसरी र धनकुटा जिल्लाको सिमानास्थित पर्यटकीयस्थल भेडेटारमा प्रत्येक वर्ष अङ्ग्रेजी नयाँ वर्षको अवसरमा हुने फुड फेस्टिभलका कारण त्यस क्षेत्रमा चहलपहल बढेको हो ।
भोलि बिहीबारसम्म सञ्चालन हुने तीनदिने सो फेस्टिभलले पर्यटन प्रवद्र्धन, होटल व्यवसाय, व्यापार र कृषि क्षेत्रको प्रचारप्रसारसहित प्रवद्र्धनमा सहयोग पु¥याउने आयोजकले जनाएको छ । स्थानीय ‘अर्गानिक’ खेती प्रणालीबाट उत्पादित तरकारी तथा फलफूल र खानाका परिकार, हस्तकला, कृषि–औजार, घरेलु तथा साना उद्योगका उत्पादन प्रदर्शनीमा राखिएको फेस्टिभल आयोजक समितिका अध्यक्ष तुमराज लिम्बूले जानकारी दिए ।
उनले भने, “जाडो याम सुरु भएसँगै भेडेटार घुम्न आउने पर्यटकको सङ्ख्या घट्नेक्रम जारी छ, बजारलाई चलायमान बनाउन अङ्ग्रेजी नयाँ वर्षको अवसर पारी बर्सेनि यस किसिमको फेस्टिभल आयोजना गर्दै आएका छौँ, अहिलेसम्मको परिस्थितिलाई हेर्दा यस वर्ष पर्यटक सङ्ख्या वृद्धि हुने देखिएको छ ।”
फेस्टिभलका अवसरमा पर्यटकीयस्थलमा स्काइवाकको व्यवस्थासहित पाथीभारा मन्दिर, शङ्खेश्वर मन्दिर, नाम्जेको थुम्कीस्थित आत्माघर र ‘होम स्टे’, सूर्योदय बौद्धपार्क, सिम्सुवा झरना, ऐतिहासिक साँगुरीगढी, ध्वजे डाँडालगायतका पर्यटकीयस्थल घुमाइने आयोजकले जनाएको छ ।
फेस्टिभलमा ५० हजार पर्यटकले अवलोकन गर्ने र तीन करोडभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको अध्यक्ष लिम्बूले बताए । महोत्सवमा धरान, इटहरी, विराटनगरसहित झापा, धनकुटा, भोजपुर, इलाम, तेह्रथुम, खोटाङलगायत आसपासका जिल्ला तथा छिमेकी मुलुक भारतको दार्जिलिङ, सिलगुढीलगायतका सहरबाट मानिस आउने आयोजकले जनाएको छ ।













मलेसियाले मस्कको ग्रोक एआईको पहुँचलाई रोक्यो
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
अत्यधिक चिसोका कारण विद्यार्थी बिरामी, ढोरपाटन क्षेत्रको पठनपाठन प्रभावित
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
निर्वाचन ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
प्रतिक्रिया